अमेरिकामा अन्य रोगले अस्पताल गएका १० हजार बढीलाई अस्पतालमा नै कोरोना संक्रमण


प्रकाशित मिति : कार्तिक २१, २०७८ आईतबार

अमेरिकामा १० हजार भन्दा धेरैलाई अस्पतालमा नै कोरोना संक्रमण भएको पुष्टी भएको छ । उनीहरु ह्दयघात, मृगौला खराब र मानसिक रोग लगायतका विभिन्न रोगकारण अस्पताल गएपनि अस्पताल गइसकेपछि कोरोना संक्रमण भएको थियो ।

गतबर्ष अन्य प्रकारका रोगका कारण अस्पताल भर्ना भएका १० हजार भन्दा धेरै बिरामीहरुलाई अस्पताल गइसकेपछि कोरोना संक्रमण भएको सरकारको संघीय र राज्यको तथ्यांकहरु विश्लेषण गर्दा देखिएको छ । यो नम्बर वास्तविक भन्दा अझ कम भएको तथा यो तथ्यांकमा ६५ बर्ष वा सो भन्दा माथिकाहरुको मात्र विवरण समावेश भएको जनाइएको छ । क्यालिफोर्निया र फ्लोरिडाका भने सबै उमेरका बिरामीको संख्या समावेश छ ।

गतबर्षको अप्रिलदेखि सेप्टेम्बरसम्म अस्पताल गइसकेपछि कोरोना संक्रमण भएका बिरामीहरुमध्ये झण्डै २१ प्रतिशतको मृत्यु भएको थियो । उक्त समयमा अन्य रोगका कारण अस्पताल गएका जम्मा ८ प्रतिशत बिरामीहरुको मात्र मृत्यु भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फ्लोरिडाका ६६ बर्षका स्टेभन जोन्सनलाई गतबर्षको नोभेम्बरमा अस्पताल भर्ना हुनुभन्दा अगाडि कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो । तर उनी अन्य कुनै कारणले अस्पताल भर्ना हुने अवस्था आयो । अस्पतालमा भर्ना भएको १३ दिनपछि उनलाई कोरोना संक्रमण पुष्टी भयो । लगत्तै उनलाई फोक्सोको कडा संक्रमण भयो । त्यसको तीनदिनपछि उनको मृत्यु भयो ।

जोन्सनकी पत्नी लगायतको परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको थियो । अस्पतालका कर्मचारीहरुबाटै जोन्सनलाई कोरोना संक्रमण भएको उनका परिवारको विश्वास छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com