कामदारलाई भ्याक्सिन अनिवार्य नगर्ने अमेरिकी व्यवसायलाई १ लाख ३६ हजार डलरसम्म जरिवाना


प्रकाशित मिति : कार्तिक १८, २०७८ बिहीबार

अमेरिकामा एकसयभन्दा बढी कर्मचारी भएका ठूला रोजगारदाता कम्पनीले जनवरी ४ सम्म आफ्ना कामदारका लागि भ्याक्सिन अनिवार्य नगरे १ लाख ३६ हजार ५ सय ३२ डलरसम्म जरिवाना हुने भएको छ । बाइडेन प्रशासनले एकसयभन्दा बढी कर्मचारी हुने कम्पनीका कामदारलाई जनवरी ४ देखि भ्याक्सिन अनिवार्य गर्दै हरेक गम्भिर उल्लंघनका लागि १३ हजार ६ सय ५३ डलरसम्म जरिवाना गर्ने घोषणा गरेको छ । जानाजान नियम उलंघन गर्ने विजनेशलाई १ लाख ३६ हजार ५ सय ३२ डलरसम्म जरिवाना गरिने भएको हो ।

बाइडेन प्रशासनले बिहिबार निजी क्षेत्रलाई समेत कोरोनाबिरुद्धको भ्याक्सिन अनिवार्यको नियम लागु हुने मिति घोषणा गर्दै एकसयभन्दा बढी कामदार हुने कम्पनी, संघीय ठेकेदार र निश्चित स्वास्थ्यकर्मीहरुका लागि समेत भ्याक्सिन अनिवार्यको नियम जनवरी ४ देखि लागु हुने घोषणा गरेको हो ।

मापदण्डभित्र पर्नेहरुले जनवरी ४ अगाडि नै मोडेर्ना वा फाइजर भ्याक्सिनको दुबै डोज लगाएको हुनुपर्नेछ । त्यस्तै जोन्सन एण्ड जोन्सन भ्याक्सिनको एक डोज लगाएकाहरुलाई पनि मान्यता दिइनेछ । महामारीको सामना गर्ने एउटामात्र उचित बाटो भ्याक्सिन लगाउनु नै रहेकाले यो नियमको पालना गर्न राष्ट्रपति जो बाइडेनले सबैलाई आग्रह गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो नियम अन्तरगत अमेरिकामा एकसय मिलियन भन्दा धेरै कामदारहरु पर्नेछन् । एकसयभन्दा बढी कामदार भएका कम्पनीमा काम गर्नेहरु अमेरिकामा ८४ मिलियनभन्दा धेरै रहेका छन् । त्यस्तै यो श्रेणीमा पर्ने स्वास्थ्यकर्मीहरु १७ मिलियनको हाराहारीमा छन् । संघीय ठेकेदारहरुका लागि डिसेम्बर ८ देखि भ्याक्सिन अनिवार्य गराउने योजना रहेपनि अब उनीहरुका लागि पनि जनवरी ४ कै डेडलाइन तोकिएको छ ।

अमेरिकामा अहिलेसम्म १९२ मिलियनभन्दा धेरैले कोरोनाबिरुद्धको भ्याक्सिनको पूर्ण डोज लगाएका छन् । बुस्टर डोज लगाउनेहरुको संख्या समेत २० मिलियन नाघेको छ । अमेरिकामा कोरोना संक्रमणबाट अहिलेसम्म झण्डै साढे ७ लाखको ज्यान गइसकेको छ । हरेक दिन ७० हजारभन्दा धेरै नयाँ संक्रमण पुष्टी हुने गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com