कडा प्रतिस्पर्धापछि न्युजर्सी गभर्नरमा फिल मर्फी झिनो मतान्तरले विजयी


प्रकाशित मिति : कार्तिक १८, २०७८ बिहीबार

न्युजर्सी गभर्नरमा डेमोक्रेटिक उम्मेदबार फिल मर्फी झिनो मतान्तरले विजयी भएका छन् । मतगणनाको अन्तिमसम्म पनि कडा प्रतिस्पर्धाकाबा बाजुत मर्फीले पूर्व राज्यसांसद समेत रहेका ज्याक सिटारेलीलाई पराजित गर्न सफल भएका हुन् ।

६४ बर्षका मर्फी चार दशकको इतिहासमा न्युजर्सीमा दोश्रोपटक निर्वाचित हुन सफल पहिलो डेमोक्रेटिक गभर्नर हुन् । अब उनी थप ४ बर्षका लागि न्युजर्सीका गभर्नर हुनेछन् । न्युजर्सीको गभर्नर हुन चाहनेले सबै न्युजर्सीलाई सुन्नुपर्ने र आफूले पूरै न्युजर्सीलाई सुनेको निर्वाचित भए लगत्तै मर्फीले भने ।

मंगलबार भएको चुनावपछि मतगणना भइरहँदा कैयनपटक मर्फीलाई रिपब्लिकन उम्मेदबार सिटारेलीले उछिनेका थिए । विगतमा जो बाइडेनले जितेको भर्जिनियामा रिपब्लिकनले जितेपछि न्युजर्सीको परिणामबारे पनि सिंगै अमेरिकाको ध्यान केन्द्रीत भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

९१ प्रतिशत मतगणना हुँदा मर्फीले १२ लाख ३८ हजार ६६ मत ल्याएका छन् भने सिटारेलीले १२ लाख २ हजार ३ सय ४८ मत ल्याएका छन् । मर्फीले ५० दशमलव ३ प्रतिशत र सिटारेलीले ४८ दशमलव ९ प्रतिशत मत ल्याएका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com