एशियाली मुलुकलाई जापानले १० अर्ब अमेरिकी डलर दिने
प्रकाशित मिति : कार्तिक १६, २०७८ मंगलबार
जापानले एशियाको ‘डि–कार्बोनाइजेशन’ गर्ने प्रयासमा सहयोगका लागि आफ्नो वित्तीय सहायता दोब्बर गरी १४.८ अरब अमेरिकी डलर पुग्ने गरी आगामी पाँच वर्षभित्र १० अरब अमेरिकी डलरसम्म पु-याउने जनाएको छ । प्रधानमंत्री फुमिओ किसिदाले मंगलबार ग्लासगोको कोप–२६ शिखर सम्मेलनमा उक्त घोषणा गर्नुभएको हो ।
किशिदाले भन्नुभयो, “गत जूनमा घोषणा गरिएको पाँच वर्षको दौडान निजी र सरकारी वित्त पोषणमार्फत् प्रदान गरिएको ६० अर्ब डलरको अतिरिक्त जापानले आगामी पाँच वर्षमा एशियामा ‘डि–कार्बोनाइजेसन प्रयासलाई सहयोग गर्न १० अर्ब अमेरिकी डलरसम्म उपलब्ध गराउने लक्ष्य राखेको छ ।” प्रधानमन्त्री किशिदाले भन्नुभयो, “ऊर्जाको मूल्य वृद्धिको प्रश्न उठिरहेका समय ‘हामी एशिया र समग्र विश्वको ‘डि–कार्बोनाइजेसन प्रयासमा अघि बढिरहेका छौं’।”
“जापानले प्राकृतिक प्रकोप रोकथामजस्ता क्षेत्रहरूमा सम्भावनाहरूलाई कार्यान्वयनमा लान तेस्रो देशहरूका लागि आफ्नो वित्तीय सहायता दोब्बर गरेर १४.८ अर्ब अमेरिकी डलर पु-याउने लक्ष्य राखेको छ,“ किसिदाले थप्नुभयो । टोकियोले वन संरक्षण कार्यक्रमलाई सहयोग गर्न २४ करोड अमेरिकी डलरसम्मको लगानी गर्ने लक्ष्य पनि राखेको प्रधानमन्त्रीले बताउनुभयो । एजेन्सी






