टेक्सासमा सयौं व्यक्ति भएको हेलोवीन पार्टीमा गोली चल्दा १ को मृत्यु, ९ घाइते


प्रकाशित मिति : कार्तिक १४, २०७८ आईतबार

टेक्सासको टेक्सारकानामा सयौं व्यक्ति भएको हेलोवीन पार्टीमा गोली चल्दा १ जनाको को मृत्यु भएको छ । घटनामा ९ जना घाइते भएको प्रहरीले जनाइको छ । घटनास्थल डलासबाट १८० माइल पूर्वमा रहेको छ ।

ओक्टाभिया इभेन्ट सेन्टरमा मध्यरातभन्दा ठीक अगाडि गोली चलेको थियो । गोली चलेपछि भागदौड मच्चिएको र घटनास्थलमा पुग्दा कैयन व्यक्ति घाइते भएर भित्रै लडेको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई वाड्ले रिजनल मेडिकल सेन्टर र क्रिस्टस सेन्ट माइकल हस्पिटलमा उपचारका लागि लगिएको थियो । एम्बुलेन्स, प्रहरीका गाडी र निजी गाडीमार्फत घाइतेहरुलाई अस्पताल लगिएको थियो । अस्पताल लगेको केही छिनमा एकजना २० बर्षका पुरुषको मृत्यु भएको थियो ।

घाइते ९ जनाको अवस्था भने गम्भिर नरहेको जनाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको र घटना हुँदा त्यहाँ कम्तीमा दुईचारसय व्यक्ति रहेको प्रहरीको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गोली चलाउने व्यक्ति एकजना अश्वेत पुरुष भएको जनाइएको छ । गोली चलाएपछि गाडीमा चढेर भागेको प्रहरीको भनाई छ । घटना के कारणले गराइएको हो भन्ने स्पष्ट छैन । तर पार्टीमा संलग्न केही व्यक्तिबीच भएको विवादका कारण गोली चलेको प्रारम्भिक अनुमान छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com