कोरोना भाइरसविरुद्धको खोपमा समन्वय गर्न रुसी राष्ट्रपति पुटिनको आग्रह


प्रकाशित मिति : कार्तिक १४, २०७८ आईतबार

कोरोना भाइरसका विरुद्धमा हाल विश्वका देशहरुमा लगाइराखिएको खोपको उपलब्धता र यसको वितारणको प्रणालीलाई व्यवस्थित गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आग्रह गर्नुभएको छ । उहाँले खोप विश्वमा सबै देशमा उपलब्ध होस् भन्ने पक्षमा जि २० का सदस्य राष्ट्रहरुले सुनिश्चितता प्रदान गर्नुपर्नेमा पनि जोड दिनुभएको छ ।

उहाँले भन्नुभएको छ– सबै देशले कोरोना भाइरसका विरुद्धको खोपको वितवरणका साथै यसको उपलब्धताका विषयमा पनि सुनिश्चिता हुनुपर्छ र यस विषयमा आपसमा समन्वय गरेर अघि बढ्नुपर्दछ । जि२० को १६ औँ सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले विश्वमा नै यो खोपका विषयमा अस्वस्थ प्रतिस्पर्धाका साथै असमान वितरण र यसको विवरण अध्यावधिक गर्ने काममा पनि चुस्तता नभएकाले यो समस्या भएको बताउनुभएको थियो ।

खोपको विवरण अध्यावधिक राख्ने र अहिलेसम्म पनि पर्याप्त मात्रामा खोप उपलब्ध हुन नसकेका देशमा उपलब्ध गराउने भन्दै यसका लागि जि२० देशहरुले काम गर्नुपर्नेमा उहाँको जोड थियो । साथै राष्ट्रपति पुटिनले यस कार्यमा विश्व स्वास्थ्य संगठनको भूमिका महत्वपूर्ण रहेको भन्दै यसका लागि उक्त संगठनलाई अरु देशले आवश्यकता अनुसार सहयोग गर्नुपर्ने पनि बताउनुभयो । रासस/सिन्ह्वा

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com