बेइजिङको आरोप : चाइना टेलिकम’माथि अमेरिकी प्रतिबन्ध ‘द्वेषपूर्ण दमन


प्रकाशित मिति : कार्तिक १२, २०७८ शुक्रबार

Pedestrians walk past a China Telecom Corp. store in Shanghai, China, on Wednesday, Jan. 6, 2021. The New York Stock Exchange is considering reversing course a second time to delist three major Chinese telecommunications firms after conferring further with senior authorities on how to interpret an executive order President Donald Trump issued Nov. 12, according to people familiar with the matter. Photographer: Qilai Shen/Bloomberg

राष्ट्रिय सुरक्षाको चिन्तामा अमेरिकामा सेवा दिँदै आएको चिनियाँ दूरसञ्चार प्रदायक ‘चाइना टेलिकम’लाई देशभित्र सञ्चालन गर्न प्रतिबन्ध लगाउने संयुक्त राज्य अमेरिकाको निर्णय ‘द्वेषपूर्ण दमन’ भएको बेइजिङले  बताएको छ । बेइजिङले यसले विश्वका गर्ने दुई बलिया अर्थतन्त्रले सम्बन्धमा सुधारका लागि गरिरहेको प्रयासमा प्रभाबित पार्नसक्ने चेतावनी दिएको छ ।

व्यापार, मानव अधिकार, ताइवान र कोभिड–१९ महामारीलगायतका थुप्रै बिषयहरूलाई लिएर यी दुई मुलुकहरूबीच तनाव रहेको देख्न सकिन्छ ।

यसै हप्ताको सुरुतिर वासिङ्टनले ‘चाइना टेलिकम’लाई अमेरिकाजलाई ६० दिनभित्र आफ्नो सेवा बन्द गर्ने आदेश दिएपछि अमेरिकामा लगभग दुई दशकको सेवा अन्त्य गर्नुपर्ने अवस्था आएको र यसले चीन र अमेरिकाबीचको सम्बन्ध थप तनावपूर्ण हुनसक्ने अनुमान गरिएको छ ।

‘चाइना टेलिकम’को ‘चीन सरकारको स्वामित्व र नियन्त्रणले महत्वपूर्ण राष्ट्रिय सुरक्षा र कानून प्रवर्तनमा जोखिम उठाएको’ अमेरिकी संघीय सञ्चार आयोगले बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एफसीसीले भनेको छ, “यसले बेइजिङलाई ‘अमेरिकी सञ्चारमा पहुँच, भण्डारण, विघटन वा गलत मार्गका अवसरहरू प्रदान गरेको र यसले उनीहरूलाई अमेरिका विरुद्ध जासुसी र अन्य हानिकारक गतिविधिहरूमा संलग्न हुन सहज बनाएकोले उक्त निर्णय गर्नुपरेको हो ।”

तर बेइजिङले यस कदमलाई ‘राष्ट्रिय सुरक्षाको अवधारणाको सामान्यीकरण, राष्ट्रिय शक्तिको दुरुपयोग र तथ्य वा आधारबिना चिनियाँ कम्पनीमाथिको द्वेषपूर्ण दमन’ भन्दै उक्त कदमप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।

चिनियाँ वाणिज्य मन्त्रालयकी प्रवक्ता शु युटिङले पत्रकारहरूसँगको कुराकानीमा चीनको आर्थिक तथा व्यापार टोलीले संयुक्त राज्य अमेरिकासँग यस बिषयमा ‘गम्भीरतापूर्ण रूपमा कुरा राखेको’ र बेइजिङ प्रतिबन्धबाट चिन्तित भएको बताउनुभयो ।रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com