एफडीएबाट ५ देखि ११ बर्षका बालबालिकाहरुका लागि पनि फाइजर भ्याक्सिन स्वीकृत


प्रकाशित मिति : कार्तिक १२, २०७८ शुक्रबार

अमेरिकाको नियामक एजेन्सी एफडीएले ५ बर्षदेखि ११ बर्षसम्मका बालबालिकाहरुका लागि पनि कोरोनाबिरुद्धको फाइजर भ्याक्सिन स्वीकृत गरेको छ । अब सीडीसीको पुनरावलोनकपछि आगामी सातादेखि यो उमेर समुहका लागि पनि भ्याक्सिन उपलब्ध हुने जनाइएको छ ।

बालबालिकाहरुका लागि पनि तीनसाताको अन्तरमा दुईडोज भ्याक्सिन स्वीकृत गरिएको हो । तर बालबालिकाहरुका लागि तय भएको डोज भने जम्मा १० माइक्रोग्रामको रहेको छ । किशोर र बयस्कहरुका लागि स्वीकृत भ्याक्सिनको मात्राको तुलनामा यो मात्रा एकतिहाईमात्र हो ।

५ बर्षदेखि ११ बर्षबीचका बालबालिकाहरुमा गरिएको क्लीनिकल परीक्षणमा यो भ्याक्सिन कोरोनाबाट बिरामी हुनबाट रोक्न ९१ प्रतिशत प्रभावकारी पाइएको छ । भ्याक्सिनले बयस्कहरुको केही समुहमा मुटुसँग सम्बन्धित दुर्लभ साइड इफेक्ट देखिएपनि त्यो अत्यन्तै सामान्य र उपचार गर्न सकिने खालको रहेको चिकित्सकहरुले बताएका छन् ।

यो भ्याक्सिन स्वीकृत भइसकेपछि अमेरिकामा रहेका ५ देखि ११ बर्षभित्रका झण्डै २८ मिलियन बालबालिकाहरु भ्याक्सिन लगाउन योग्य हुनेछन् । एफडीएको सल्लाहकार प्यानलमा बालबालिकाहरुका लागि फाइजर भ्याक्सिन एकमतले स्वीकृत भएको थियो । अर्थात् भ्याक्सिनलाई अनुमति दिने पक्षमा १७ र विपक्षमा शुन्य मत खसेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com