अफगानिस्तान छाड्नु अगाडिको अमेरिकी ड्रोन हमलाको निशाना झुक्किएर यी सर्वसाधारणमाथि


प्रकाशित मिति : भाद्र २६, २०७८ शनिबार

अफगनिस्तान छाड्नु अगाडि अमेरिकाले काबुलमा गरेको ड्रोन हमलामा अमेरिकी सेनाले गल्तीले सर्वसाधारणलाई निशानामा पारेको हुनसक्ने देखिएको छ । न्यूयोर्क टाइम्समा प्रकाशित रिपोर्ट अनुशार अमेरिकी सेनाले गरेको ड्रोन हमलाको निशानामा झुक्किएर सर्वसाधारणमाथि परेको हुनसक्ने जनाइएको छ ।

१३ जना अमेरिकी सेनासहित १६३ जना अफगानीको ज्यान जानेगरी विमानस्थलमा भएको बिष्फोटपछि अगस्त २७ मा अमेरिकी सेनाले ड्रोन आक्रमण गरेर आईसीसका २ जनालाई मारेको बताएको थियो । त्यसको २ दिनपछि अगस्त २९ मा अमेरिकाले काबुलमा अर्को ड्रोन आक्रमण गरेर विमानस्थलमा हुनसक्ने सम्भावित हमलालाई टारेको दावी गरेको थियो । पेन्टागनले अर्को बम आक्रमण रोक्न आफूह सफल भएको बताएपनि अगस्त २९ को हमलामा आईसीसका कोही सदस्य नरहेको बरु निशानामा सर्वसाधारण परेको पुष्टी गर्ने प्रमाणहरु बाहिर आएका छन् ।

उक्त हमलामा अमेरिकी सहायता समुहमा काम गर्ने निर्दोष व्यक्ति र उनको परिवार निशानामा परेको देखिएको छ । अमेरिकाले बिष्फोटक पदार्थ लोड गरिरहेका आईसीस सदस्यमाथि निशाना बनाएको र नजिकै रहेका ९ जना सर्वसाधारणहरु मारिएको बताएपछि न्युयोर्क टाइम्सले प्रकाशित गरेका भिडियो र बयानका आधारमा हेर्दा त्यहाँ आईसीसका सदस्यहरु नै नरहेको तथा सर्वसाधारण जेमारी अहमादी र उनका ९ जना परिवारका सदस्यहरु नै निशानामा परेर मारिएको देखिएको छ । मारिनेहरुमा ७ जना बालबालिकाहरु रहेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहमादीले १४ बर्षदेखि क्यालिफोर्नियामा रहेको परोपकारी समुहमा काम गर्दै आएका थिए जसले भोका अफगानीहरुलाई खुवाउने काम गर्दै आएको थियो । उक्त परोपकारी संस्थाले अहमादीलाई अमेरिकामा बसाई सर्नका लागि शरणार्थीका रुपमा आवेदन प्रकृया समेत अगाडि बढाएको थियो । नयाँ फुटेजमा अहमादीले आफूले काम गर्ने अफिसमा पानीका कन्टेनरहरु भरेर घरतिर ल्याउँदै गरेको देखिएको छ । उनी बस्ने स्थानमा पानीको अभाव भएकाले उनले अफिसबाट पानी ल्याउँदै गरेका थिए ।

त्यसदिन अहमादी अफिसबाट कामदारहरुलाई घर लैजाने काममा सहभागी रहेका थिए । अहमादी र उनका साथीले गाडीमा पानीका कन्टेनरहरु लोड गरिरहदा अमेरिकी सेनाले बिष्फोटक पदार्थ लोड गरेको आशंका गरेको हुनसक्ने न्युयोर्क टाइम्सले सार्वजनिक गरेका भिडियो र अन्तरवार्ता लिएका एकदर्जनभन्दा बढी व्यक्तिको भनाइबाट देखिएको छ । अमेरिकी सेनाले सुरुमा ड्रोन हमलामा ३ जना सर्वसाधारणको ज्यान गएको बताएपनि वास्तवममा १० जना सर्वसाधारणको ज्यान गएको पुष्टी भएको छ ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com