चीनबाट आयो अन्तिम खेप ‘भेरोसेल’, अहिलेसम्म नेपालमा ९७ लाख ८२ हजार डोज खोप


प्रकाशित मिति : श्रावण १५, २०७८ शुक्रबार

नेपालमा चाइनिज भ्याक्सिन भेरोसेल लगाउने क्रममा

चीनबाट नेपाल सरकारले खरिद गरेको अन्तिम खेप ‘भेरोसेल’ खोप शुक्रबार  काठमाडौं आइपुगेको छ । पाँचौ पटक नेपाल वायु सेवा निगमको वाइडवडी ३३० जहाज बेइजिङबाट खोप ल्याएसँगै चीनबाट ४० लाख डोज ‘भेरोसेल’ खोप आइपुगेको हो ।

निगमको जहाजले यसअघि चार कार्गो उडानबाट आठ लाख डोजका दरले ३२ लाख खोप ल्याएकोमा शुक्रबार अन्तिम ८ लाख डोज ल्याएको हो । सरकारले प्राप्त खोपलाई अग्रभागमा खटिने कर्मचारी, ५० बर्ष माथिका नागरिक र आवस्यकताका आधारमा वितरण गरिरहेको छ ।  सरकारले चीन सरकारसँग सरकार–सरकार (जिटुजी) मार्फत जम्मा ४० लाख डोज खोप खरिद गरेको थियो ।

नेपालमा चाइनिज भ्याक्सिन भेरोसेल लगाउने क्रममा

अहिलेसम्म नेपालमा ९७ लाख ८२ हजार डोज खोप

चीनबाट यो खोप आएसँगै नेपालमा कोरोना भाइरस विरूद्धको खोप ९७ लाख ८२ हजार डोज आइपुगेको छ । कोभ्याक्सबाट र भारतबाट डोनेशनमा प्राप्त कोभिशिल्ड, चीनबाट डोनेशनमा प्राप्त भेरोसेल, अमेरिकाबाट कोभ्याक्समार्फत प्राप्त जोन्सन एण्ड जोन्सन, भारतको द सीरम इन्ष्टिच्यूटबाट खरिद कोभिशिल्ड र चीनबाट खरिद गरिएको भेरोसेल गरी ९७ लाख ८२ हजार डोज खोप नेपालमा प्राप्त भएको हो ।

चीनले नेपाललाई डोनेशनमा ९ लाख जनसंख्यालाई पुग्ने १८ लाख डोज भेरोसेल उपलब्ध गराएको थियो । भारतले नेपाललाई ५ लाख जनसंख्यालाई पुग्ने १० लाख डोज कोभिशिल्ड उपलब्ध गराएको थियो । कोभ्याक्समार्फत कोभिशिल्ड तीन लाख ४८ हजार डोज उपलब्ध भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जुलाइको दोश्रो साता अमेरिकाले नेपाललाई कोभ्याक्समार्फत १५ लाख ३४ हजार ८ सय ५० डोज जोन्सन एण्ड जोन्सन भ्याक्सिन नेपाल पठाएको थियो । अमेरिकाले एसियाका विभिन्न देशलाई दिने २३ मिलियन डोज भ्याक्सिनमा नेपाललाई पनि भ्याक्सिन उपलब्ध गराउने प्रतिवद्धता जनाए अनुरुप उक्त खोप पठाएको हो ।

भारतको द सीरम इन्ष्टिच्यूटबाट खरिद गरेको २० लाख डोज कोभिशिल्ड मध्ये १० लाख मात्र आएको आएकाले बाँकी १० लाख डोज आउन बाँकी छ । पहिलो डोज कोभिशिल्ड लगाएका झण्डै १३ लाखले ४ महिना बितिसक्दा पनि दोश्रो डोज पाउन सकेका छैनन् ।

जापानले नेपाललाई १६ लाख डोज आस्ट्राजेनेका खोप कोभ्याक्समार्फत् उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।  उक्त खोप नेपालमा पहिलो डोज कोभिशिल्ड लगाएका तर दोश्रो डोज नपाएकाहरुलाई दिइने जनाइएको छ । नेपालमा लगाइएको र भारतबाट ल्याइएको कोभिशिल्ड खोप पनि अक्सफोर्ड आष्ट्राजेनेकाले नै विकाश गरेको हो । भारतमा उत्पादन गरिएकाले नाममात्र फरक हो ।

त्यस्तै नेपाल सरकारले फाइजरबाट कोरोनाबिरुद्धको खोप खरिदका लागि प्रकृया अगाडि बढाएको छ । अमेरिकन कम्पनी फाइजरले जर्मन कम्पनी बायोएनटेकसँग मिलेर विकाश गरेको कोरोनाबिरुद्धको खोप फाइजर अमेरिकामा १२ बर्षभन्दा माथिका व्यक्तिलाई लगाउन स्वीकृत रहेको छ । नेपाल सरकारले पनि १२ बर्षमाथिका व्यक्तिलाई लगाउनका लागि उक्त खोप किन्ने प्रयास गरिरहेको बताएको छ ।

फाइजरसँग नेपाल सरकारले खोप किन्ने प्रयास गरिरहेको फाइजरको पुष्टी गरेको छ । फाइजरको कर्पोरेट अफेयर्सकी एसिया प्यासेफिक र चीनका लागि ग्लोबल मिडिया रिलेशन हेर्ने अधिकारी रोमा नायरले खोपबारे नेपालको सरकारसँग छलफल चलिरहेको पुष्टी गरिन् । तर कति डोज खोप र कहिलेसम्म उपलब्ध गराउने भन्नेबारे टुंगो लागेको छैन ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com