२२ कार्तिक २०८३, आइतबार| Sunday, November 8, 2026

१५ लाख डोज ‘जोन्सन एण्ड जोन्सन’ भ्याक्सिन भोलि काठमाडौं आउँदै, यस्ता छन् ५ विशेषता

अमेरिकाले नेपाललाई कोभ्याक्समार्फत पठाएको १५ लाख डोज कोरोनाबिरुद्धको भ्याक्सिन सोमबार विहान काठमाडौं आइपुग्ने भएको छ । अमेरिकाले नेपालका लागि अमेरिकामा स्वीकृत जोन्सन एण्ड जोन्सन भ्याक्सिन पठाएको हो ।

अमेरिकाले एसियाका विभिन्न देशलाई दिने २३ मिलियन डोज भ्याक्सिनमा नेपाललाई पनि भ्याक्सिन उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो । अमेरिकाले जुनको पहिलोसाता झण्डै ७ मिलियन डोज एसियाका देशलाई प्रदान गर्ने र जुनको तेश्रो साता १६ मिलियन डोज प्रदान गर्ने घोषणा गरेकोमा दुबै घोषणामा नेपाललाई समावेश गरेको थियो । सोही अनुशार सोमबार भ्याक्सिन आउन लागेको हो ।

नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी कोभीड १९ खोप निशुल्क उपलब्ध गराउने र नेपाल अमेरिका साझेदारीको ७३ बर्ष लामो यात्रामा यो आफ्ना लागि अत्यन्तै खुशीको क्षण भएको बताएका छन् । बेरीले अमेरिका सदैव नेपालीहरूको साथमा रहेको र नेपालीको जीवनस्तर सुधारमा निरन्तर काम गरिरहने बताएका छन् ।

भ्याक्सिनका ५ मुख्य  विशेषता

१, जोन्सन एण्ड जोन्सनको भ्याक्सिन ठीक्कदेखि सिकिस्तसम्मको संक्रमण रोक्न ६६ प्रतिशत प्रभावकारी रहेको छ भने सिकिस्त हुनबाट रोक्न ८५ प्रतिशत प्रभावकारी रहेको छ । जोन्सन एण्ड जोन्सनको एउटा डोज लगाएको २८ दिनपछि कोरोनाको कारण अस्पताल भर्ना हुने र मृत्यु हुनेदर शुन्य रहेको छ । मोडेर्ना र फाइजरको तुलनामा जोन्सन एण्ड जोन्सनका साइड इफेक्ट पनि कम छन् ।

२, जोन्सन एण्ड जोन्सनको भ्याक्सिन २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा आइपुग्छ र यही तापक्रममा भ्याक्सिनको म्यादसम्मै भण्डारण गर्न सकिन्छ । त्यस्तै प्रयोगका लागि प्वाल पारिएको भ्याक्सिनको शीशी पनि यो तापक्रमममा ६ घण्टासम्म राख्न सकिन्छ । नेपालको स्वास्थ्य संरचनामा यो तापक्रममा भ्याक्सिन राख्न र वितरण गर्नमा समस्या छैन  नेपालमा भण्डारणका लागि समेत उचित व्यवस्था रहको छ ।

३, प्राय सबै कोरोनाबिरुद्धका भ्याक्सिन दुई डोज लगाउनुपर्ने भएतापनि जोन्सन एण्ड जोन्सनको भ्याक्सिन एकडोजमात्र लगाए पुग्छ । भ्याक्सिन लगाएको १४ दिनपछि कोरोनाबिरुद्ध संरक्षण प्रदान गर्न सुरु गर्छ भने २८ दिनपछि पूर्ण संरक्षण प्राप्त हुन्छ । यो अमेरिकामा प्रयोगको स्वीकृति पाएको तेश्रो भ्याक्सिन हो भने यो भ्याक्सिन अमेरिकामा झण्डै १२ मिलियनले लगाएका छन् ।

४, यो भ्याक्सिन १८ बर्षभन्दा माथिका व्यक्तिलाई लगाउन अनुमति छ । यद्यपी ५० बर्षभन्दा कम उमेरका महिलालाई यो भ्याक्सिन लगाउँदा भने सावधान हुन चेतावनी दिइएको छ । भ्याक्सिन लगाएपछि कम प्लेटलेस र रगत जम्नसक्ने दुर्लभ जोखिमका कारण ५० बर्षभन्दा कम उमेरका महिलाले यो भ्याक्सिन लगाउँदा विचार गर्न भनिएको छ । भ्याक्सिन कोरोना संक्रमणबिरुद्ध सुरक्षित र प्रभावकारी रहेको तथा जोखिमको तुलनामा फाइदा धेरै भएकाले जोखिमलाई फाइदाले जितेको अमेरिकाको एफडीए र सीडीसीको निष्कर्ष छ ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

५, जोन्सन एण्ड जोन्सनको भ्याक्सिनले डेल्टा भेरियन्टबिरुद्ध बलियो संरक्षण प्रदान गर्ने अध्ययनले देखाएको छ । नेपालमा डेल्टा भेरियन्टको प्रभाव रहेको अवस्थामा यो भ्याक्सिन नेपालका लागि बढी उपयोगी सावित हुनेछ ।

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।