अमेरिकामा दासता अन्त्य भएको दिनको उपलक्ष्यमा अब संघीय बिदा


प्रकाशित मिति : असार ३, २०७८ बिहीबार

अमेरिकामा दासता अन्त्य भएको दिनको उपलक्ष्यमा अब संघीय बिदा हुने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले दासता अन्त्य भएको दिन सन् १८६५ को जुन १९ लाई जनाउने जुनटिन्थलाई संघीय बिदा घोषणा गर्ने कानूनमा हस्ताक्षर गरेका छन् । जुन १९ लाई छोटोरुपमा जुनटिन्थ भनिन्छ ।

जुनटिन्थ त्यस्तो दिन हो, जुन दिन दासताको मुक्ति घोषणा गरिएको खबर दासहरु मुक्त गरिएको अन्तिम बिद्रोही राज्य टेक्सासको ग्याल्भेस्टोनमा रहेका मानिसहरुमाझ पुगेको थियो । अब्राहम लिंकनले मुक्तिको घोषणामा सन् १८६३ नै हस्ताक्षर गरेका थिए तर ग्याल्भेस्टनमा उक्त घोषणा संघीय सिपाहीहरुले सन् १८६५ को जुन १९ मा नपढ्दासम्म लागु गरिएको थिएन ।

सन् १९९० को जुन १९ मा टेक्सासमा जुनटिन्थ मनाइदै ।

दासको अन्त्य भएको दिनको सम्झनामा संघीय बिदा घोषणा गरिएकोमा अमेरिकामा रहेका अश्वेत लगायत दासताको अन्त्यको पक्षमा रहेका सबैले उत्सव मनाइरहेका छन् । तर यही अवशरमा कैयनले भने अमेरिकाको प्रणालीगत विभेदको अन्त्य आवश्य रहेको बताएका छन् । दासता अन्त्य भएको झण्डै १६० बर्ष पुग्न लाग्दा पनि अमेरिकामा प्रणालीगत विभेद कायमै रहेको छ ।

सन् १९८६ को जुन १९ मा मुक्ति घोषणाको आदेश अनुशार सेनाले जारी गरेको आदेश

यो बिल सिनेटमा एकमतले गत साता पारित भएको थियो भने प्रतितिधिसभामा १४ जना सांसदहरुले बिलको विपक्षमा मतदान गरेका थिए । अधिकांश संघीय कामदारहरुले जुन १८ शुक्रबार नै बिदा पाउने भएका छन् । जुनटिन्थको सम्मानमा शुक्रबार राज्य र सिटी सरकारका अफिसहरु पनि बन्द हुने भएका छन् । सरकारी स्कुलहरु पनि शुक्रबार बन्द गरिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

१९ जुन औपचारिक रुपमा संघीय बिदाको दिन हुनु अगाडि पनि कैयन राज्यहरुले जुनटिन्थ मनाउदै आएका थिए । जुनटिन्थको अवशरमा सन् १९८० मा पहिलोपटक राज्यमा बिदा दिने निर्णय गर्ने पहिलो राज्य टेक्सास हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com