अमेरिकामा नेपालबाट कुकुर लैजान प्रतिबन्ध


प्रकाशित मिति : असार १, २०७८ मंगलबार

अमेरिकाले सोमबारदेखि नेपालबाट कुकुर लैजानमा प्रतिबन्ध लगाएको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसीले नेपालबाट अमेरिकामा कुकुरको आयात खारेज गरेको जनाएको छ ।

कुकुर लैजानमा रोक लगाइएकाहरुमा नेपालसहित एकसय देशहरु रहेका छन् । ती देशहरुमा कुकुरहरुमाझ अझै पनि रेबिज फैलिरहेको जनाउँदै कुकुर लैजान रोक लगाइएको छ । यो निर्णयबाट कुकरको उद्दार मिसनहरु प्रभावित हुने जनाइएको छ ।

महामारीका कारण सुरक्षित तरिकाले कुकुरहरुको सुरक्षित क्वारेन्टीन केन्द्रहरुको अभावका साथै अमेरिकामा तीनवटा संक्रमित कुकुरहरु भित्रिएको घटना लगत्तै सीसीडीले यो निर्णय गरेको हो । अमेरिकामा नयाँ ल्याउने कुकुरहरुमात्र होइन, अमेरिकाबाटै ती देशहरुमा यात्रा क्रममा लगिएका कुकुरहरु पनि फिर्ता ल्याउनमा रोक लगाइएको छ ।

यसबारे थप विवरण र सबै देशको सुची यहाँ पढ्नुहोला ।

रेबिजबिरुद्ध सार्वजनिक स्वास्थ्यको संरक्षण र अमेरिकामा कुकुरहरुको स्वास्थ्य तथा सुरक्षाको सुनिश्चितताका लागि यो निर्णय गरिएको सीडीसीले जनाएको छ । यो प्रतिबन्ध अस्थायी रहेको र बेलाबेलामा पुनरावलोकन गरिने सीडीसीको भनाई छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com