जिम्मी कार्टर राष्ट्रपति हुँदाका अमेरिकी उपराष्ट्रपति वाल्टर मण्डेलको ९३ बर्षमा निधन


प्रकाशित मिति : बैशाख ६, २०७८ सोमबार

अमेरिकाका पूर्व उपराष्ट्रपति वाल्टर मण्डेलको ९३ बर्षको निधन भएको छ । सन् १९८४ को राष्ट्रपति चुनावमा रोनाल्ड रेगनसँग पराजित भएका मण्डेल त्यसअगाडि जिम्मी कार्टर राष्ट्रपति हुँदा उपराष्ट्रपतिका रुपमा सेवा गरेका थिए ।

उनको मिनापोलिसमा घरमै निधन भएको हो । परिवारका सदस्यहरुका बीचमा मण्डेलको निधन भएको उनको पारिवारिक श्रोतले जानकारी दिएको छ । सामाजिक न्यायका समर्थक मण्डेलले सन् १९६० बाट राज्यको एटोर्नी जनरलका रुपमा समेत काम गरेका थिए ।

जिम्मी कार्टर र वाल्टर मण्डेल

सिनेटर हबर्ट हम्फेरी अमेरिकाको उपराष्ट्रपति निर्वाचित भएपछि सिनेटको रिक्त स्थानमा मण्डेललाई नियुक्त गरिएको थियो । उनले सिनेटमा सन् १९६४ देखि सन् १९७६ सम्म मिनेसोटाको प्रतिनिधित्व गरेका थिए । सन् १९७६ मा भने उनले जिम्मी कार्टरको उपराष्ट्रपतिका रुपमा चुनाव लडे ।

मण्डेल सन् १९७७ देखि सन् १९८१ सम्म अमेरिकाको उपराष्ट्रपति भए । पछि मण्डेलले जापानका लागि अमेरिकी राजदूतका रुपमा समेत काम गरे । क्लीन्टनको माताहतमा इन्डोनेशियाका लागि विशेष दूतका रुपमा समेत उनले काम गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पछिल्ला बर्षहरुमा उनमा उल्लेख्य स्वास्थ्य समस्याहरु देखिएका थिए । सन् २०१४ मा उनको मुटुको सफल शल्यकृया समेत गरिएको थियो । अर्को बर्ष उनी फ्लुको संक्रमणका कारण अस्पतालमा भर्ना भएका थिए । उनकी पत्नीको सन् २०१४ मा निधन भइसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com