अप्रिलमा ४५ सय सम्म केस नम्बर हुने नेपाली डिभी विजेता भिसाका लागि योग्य


प्रकाशित मिति : फाल्गुन ११, २०७७ मंगलबार

आगामी अप्रिलमा ४५ सय सम्म केस नम्बर हुने नेपाली डिभी विजेताहरु भिसाका लागि योग्य हुने भएका छन् । मार्च ३१ मा आप्रवासन रोक अन्त्य भएमा उनीहरुले अप्रिलमा भिसा पाउन सक्नेछन् । डोनाल्ड ट्रम्पले लम्बाएको आप्रवासन रोक राष्ट्रपति जो बाइडेनले थप्ने सम्भावना नरहेको वर्तमान अवस्थामा उनीहरुमध्ये कैयनले अप्रिलको पहिलो साताबाट भिसा पाउनसक्ने सम्भावना रहेको छ ।

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुरल अफेयर्सले आज जारी भिसा बुलेटिन अनुशार अप्रिलका लागि ४५ सय सम्म केस नम्बर हुने नेपालीका लागि भिसा करेन्ट हुनेछ ।

यदि बाइडेनले आप्रवासन रोक खारेज गरेको खण्डमा ४२ सय सम्म केस नम्बर हुने डिभी विजेताहरुले मार्च महिनामा पनि भिसा पाउन सक्नेछन् । तर खारेज नगरेको खण्डमा उक्त संख्याभित्र केस नम्बर हुने र अमेरिकामा रहेकाहरु मात्र स्टाटस एड्जस्टका लागि योग्य हुनेछन् ।

अप्रिलका लागि डाइभर्सिटी भिसाको कटअफ नम्बर

सन् २०२१ का लागि डिभी विजेता नेपालीहरुको संख्या भने ३८०१ रहेको छ ।  उनीहरुले गत अक्टोबर १ देखि भिसा पाउन सुरु गर्ने नियम भएपनि  भिसा पाउनमा ढिलो भएको छ । सन् २०२१ का डिभी विजेताहरुमा नेपाल एसियामा दोश्रो भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोरोनाको महामारीका कारण अमेरिकी दूतावास काठमाडौंको नियमित भिसा सेवा सुचारु नभएपनि यदि आप्रवासन रोक अन्त्य भएमा भने दूतावासले साधन श्रोतले भ्याएसम्म आप्रवासी भिसाहरु जारी गरिरहने सम्भावना छ । अहिले पनि अमेरिकी नागरिकका दम्पत्ति वा छोराछोरीहरुका लागि अमेरिकी दूतावास काठमाडौंले आप्रवासी भिसा जारी गरिरहेको छ ।

सन् २००७ को अक्टोबर १ अगाडिका अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीको भिसा मार्चमा करेन्ट

त्यस्तै गत सेप्टेम्बरमा अदालतको आदेशपछि ४ सय ४ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाएका थिए । झण्डै तीनसाताको अवधिमा उक्त संख्यामा नेपालीहरुलाई डाइभर्सिटी भिसा प्रदान गरिएको थियो । मार्च अन्त्यसम्मको आप्रवासन रोकका कारण उनीहरु अमेरिका आउन भने पाएका छैनन् ।

युएस डिस्ट्रिक्ट कोर्ट वासिंटन डिसीका न्यायाधिस अमित मेहताले सन् २०२० का डिभी विजेताहरुलाई भिसा जारी गर्न आदेश दिएपछि सेप्टेम्बरको दोश्रो सातादेखि डिभी विजेताहरुलाई भिसा जारी गर्न सुरु गरिएको थियो । उनीहरुले सेप्टेम्बरको अन्त्यसम्म भिसा पाएका थिए । तर उनीहरु ट्रम्पको आप्रवासन रोक जारी रहँदासम्म अमेरिका आउन नपाउने भएकाले नेपालमै रोकिएका छन् ।

तर अब भने उनीहरुको भिसाको म्याद अरु ६ महिना थपिने भएको छ । युएस डिस्ट्रिक्ट कोर्टका न्यायाधिस अमित मेहताले भिसा पाइसकेका र मार्च ३१ सम्मको आप्रवासन रोकका कारण अमेरिका आउन नसकेका डिभी विजेताहरुको भिसा थप ६ महिना लम्बाउन आदेश दिएका हुन् । सन् २०२० का डिभी विजेताहरु मार्च ३१ सम्म अमेरिका आउन नपाएपनि उनीहरुको भिसा सेप्टेम्बरसम्म लम्बिने देखिएको छ ।

 

भिसा पाएर अमेरिका आउन नपाएका सन् २०२० का डिभी विजेताको भिसा ६ महिना थपिने

अदालतको आदेशपछि डाइभर्सिटी भिसा प्राप्त गर्न सफल ४०४ नेपालीहरु मध्ये २२५ जना प्राथमिक डिभी विजेता नेपाली रहेका थिए भने १०५ जना उनीहरुका दम्पत्ति थिए । त्यस्तै ७४ जना उनीहरुका छोराछोरीहरु रहेका थिए । काठमाडौंमा रहेको अमेरिकी दूतावासलेमात्र सेप्टेम्बरमा ३७९ जना डिभी विजेताहरुलाई भिसा जारी गरेको थियो । जसमध्ये २१२ जना प्राथमिक डिभी विजेताहरु, ९५ जना उनीहरुका दम्पत्ति र ७२ जना उनीहरुका छोराछोरीहरु रहेका थिए । अदालतको आदेशपछि आफूहरुले सकेजतिलाई भिसा जारी गरेको काठमाडौंस्थीत नेपाली दूतावासले जनाएको थियो ।

सन् २०२० का लागि ३६९६ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए । तर उनीहरुमध्ये झण्डै साढे १३ सय जना प्राथमिक डिभी विजेताहरुलेमात्र अमेरिकाको भिसा प्राप्त गर्न सफल भए ।

आर्थिक बर्ष २०२२ का गत अक्टोबर ७ देखि डिभीका लागि आवेदन खुलेकोमा नोभेम्बर १० सम्म डिभी लोटरी भरिएको थियो । यो डिभीको नतिजा भने सन् २०२१ को मे ८ मा सार्वजनिक हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com