सन् २००७ को अक्टोबर १ अगाडिका अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीको भिसा मार्चमा करेन्ट


प्रकाशित मिति : फाल्गुन ११, २०७७ मंगलबार

सन् २००७ को अक्टोबर १ अगाडि आवेदन दिएका अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीको आप्रवासी भिसा मार्चमा करेन्ट भएको छ । अर्थात् अमेरिकामा नै वैध स्टाटसमा हुनेहरुका सन्दर्भमा मार्चमा उनीहरुका लागि ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न सकिनेछ ।

तर अमेरिकाबाहिर हुनेहरुका सन्दर्भमा भने सन् २००६ को अक्टोबर २२ अगाडि आवेदन दिएकाहरुलाई मार्चमा भिसा जारी गरिने उल्लेख छ । यद्यपी मार्च ३१ सम्मको आप्रवासन भिसामा रोकका कारण दूतावासहरुले यो श्रेणीमा विशेष छुटमा पर्नेहरुबाहेक अन्यलाई भिसा जारी गरेका छैनन् ।

मार्च ३१ सम्मको ट्रम्पको यो आप्रवासन रोक राष्ट्रपति बाइडेनले खारेज गरेको खण्डमा भने उनीहरु भिसा प्राप्त गर्न योग्य हुनसक्नेछन् । तर खारेज गर्ने नगर्नेबारे अहिलेसम्म पुनरावलोकनमात्र भइरहेको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सन् २०२१ को मार्चका लागि आज भिसा बुलेटिन जारी गरेको हो । जस अन्तरगत विभिन्न श्रेणीका भिसामा ग्रिनकार्ड पाउन लाग्ने अवधि र ग्रिनकार्ड फाइल गर्न मिल्ने मिति उल्लेख गरिएको छ ।

जनवरीको तुलनामा अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुको ग्रिनकार्डको प्राथमिकता मितिको अवधि फेब्रुअरीमा एकसातामात्र सरेको थियो । अब फेब्रुअरीको तुलनामा मार्चमा पनि एकसातामात्र सरेको छ ।

जनवरीमा प्राथमिकता मिति सन् २००६ को अक्टोबर ८ रहेको थियो भने फेब्रुअरीमा एकसातामात्र सरेर अक्टोबर १५ भएको थियो । मार्चमा अक्टोबर २२ भएको छ । अर्थात् यो श्रेणीमा ग्रिनकार्ड प्राप्त गर्न झण्डै साढे चौधबर्षको अवधि लाग्छ ।

राष्ट्रपति बाइडेन समर्थित बिलमा बिलमा ब्याकलग हटाएर परिवारमा आधारित अध्यागमन प्रणालीको सुधार गर्ने उल्लेख छ । प्रयोग नभएका भिसाहरुको उचित वितरण गर्नुका साथै लामो प्रतिक्षा अवधि हटाएर हरेक देशका लागि तोकिएको भिसाको नम्बर पनि बढाउने प्रावधान बिलमा छ । बिल पारित भएमा परिवारका लागि अमेरिका आउनमा ३ बर्ष र १० बर्षको बार पनि खारेज गर्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com