न्युयोर्क सिटी काउन्सिल उम्मदेबार नवराज केसीलाई निर्वाचित जनप्रतिनिधि र सपाकको इन्डोर्स


प्रकाशित मिति : फाल्गुन १०, २०७७ सोमबार

न्युयोर्क सिटी काउन्सिलका उम्मदेबार नवराज केसीलाई निर्वाचित जनप्रतिनिधि र साउथ एसियन अमेरिकन पोलिटिकल एक्सन कमिटिबाट इन्डोर्स प्राप्त भएको छ । आगामी जुन २२ मा हुने डेमोक्रेटिक प्राइमरीमा न्युयोर्क सिटी काउन्सिलको डिस्ट्रिक्ट १९ बाट उम्मेदबारी दिएका केसी न्युयोर्क सिटी काउन्सिलमा उम्मेदबारी दिने पहिलो नेपाली अमेरिकन हुन् ।

काउन्सिलमेम्बर फर्नान्डो काबरेराले केसीलाई औपचारिक रुपमा इन्डोर्स गरेका छन् । काबरेरा न्युयोर्क सिटी काउन्सिलमा डिस्ट्रिक्ट १४ बाट निर्वाचित जनप्रतिनिधि हुन् । काबरेराले लगातार चौथो कार्यकालका लागि उक्त डिस्ट्रिक्टबाट उम्मेदबारी दिन नसक्ने भएकाले उनले यसपटक भने सिटी काउन्सिलमा उम्मेदबारी दिएका छैनन् । उनी ब्रोंक्सबाट बोरो प्रेसिडेण्टमा उठ्दैछन् ।

नवराज केसी: न्युयोर्क सिटी काउन्सिलमा पहिलो नेपाली अमेरिकन उम्मेदबार

काबरेराले नवराज केसीको चुनावी अभियानको औपचारिक घोषणा कार्यक्रममा उपस्थीत भएर समेत केसीलाई सफलताको शुभकामना दिएका थिए । उनले केसी एकजना साहसी व्यक्ति रहेको भन्दै कोरोना महामारीमा उनले गरेको सामाजिक सहयोगको खुलेर प्रशंसा गरे । धेरै मान्छेहरु महामारीमा घरभित्रै बसेको बेलामा खाद्यान्न र स्वास्थ्यसामाग्रीहरु लिएर केसी फ्रन्टलाइनमा खटिएको भन्दै यही नै वास्तविक नेतृत्व रहेको र जनतालाई यस्तै प्रकारको नेतृत्व चाहिएको काबरेराले बताए ।

केसीले गत बुधबार एक कार्यक्रमकाबीच आफ्नो चुनावी अभियानको औपचारिक घोषणा गरेका थिए । उनले आफ्नो डिस्ट्रिक्टलाई साना विजनेशलाई समर्थन, बालबालिकाको राम्रो अवशर र सुरक्षित सडक, सबेवेका लागि लड्ने शशक्त नेतृत्वको आवश्यकता रहेको तथा त्यही आवश्यकता पूरा गर्न उम्मेदबारी दिएको घोषणा गरेका थिए ।

न्युयोर्क सिटी काउन्सिलमा नवराज केसी उम्मेदबार, म्याच फण्डसहित १ लाख डलर बढी डोनेशन संकलन

यसैबीच केसीलाई दक्षिण एसियाली मुलका अमेरिकनहरुको राजनीतिक समुह साउथ एसियन अमेरिकन पोलिटिकल एक्सन कमिटिले पनि औपचारिक रुपमा इन्डोर्स गरेको छ । आप्रवासीहरुको घर मानिने न्युयोर्कको क्वीन्समा दक्षिण एसियाली मूलका अमेरिकनहरुको समेत बाक्लो बसोबास रहेको छ ।

झण्डै दुईदशकदेखि नै समुदायको हीतमा सकृय केसीले कोभिड १९ हिरो अवार्ड समेत प्राप्त गरेका थिए । सन् २०१८ मा उनी क्वीन्स बोरो प्रेसिडेन्टबाट कम्युनिटी बोर्ड सदस्यमा नियुक्त भएका थिए ।

अमेरिकी राजनीति र राजनीतिज्ञसँग नेपाली समुदायलाई जोड्ने अभियानमा न्युयोर्कका नवराज

न्युयोर्कको क्वीन्स कलेज प्वाइन्टमा श्रीमति र दुई सन्तानसहित बस्दै आएका केसी नेपाली अमेरिकन विजनेशम्यान र रियल्टर समेत हुन् । उनले अमेरिकन राजनीति र राजनीतिज्ञसँग नेपाली समुदायलाई जोड्ने काम समेत गरिरहेका छन् । केसी सन् २०१९ देखि सन् २०२० को जुनसम्म रोटरी क्लब अफ न्युयोर्क क्वीन्सका अध्यक्ष रहेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com