‘अमेरिका, बेलायत र युरोपमा खोप लगाउने नेपाली झण्डै ९ हजार’
प्रकाशित मिति : फाल्गुन २, २०७७ आईतबार
पछिल्लो समय अमेरिकामा ५ हजारभन्दा बढी नेपाली मूलका समुदायले खोप लगाएको एनआरएनएले जनाएको छ । गैरआवासीय नेपाली संघ, कोभिड १९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जारी गरेको वक्तव्यमा यसबारे जानकारी दिइएको हो ।
स्वास्थ्य क्षेत्रमा कार्यरत डाक्टर, नर्स, जेष्ठ नागरिक र अन्य योग्य व्यक्तिहरुले कोरोनाबिरुद्धको खोप लगाएका हुन् । अमेरिकामा डिसेम्बरको दोश्रो सातादेखि कोरोनाबिरुद्धको खोप वितरण गरिएको हो ।
कोरोनाबिरुद्धको भ्याक्सिनको दुबै डोज लगाएका न्युयोर्क निवासी यी नेपालीहरुको अनुभव
अमेरिकामा अहिलेसम्म झण्डै ७० मिलियन कोरोनाबिरुद्धको भ्याक्सिनका डोजहरु उपलब्ध गराइएको छ । जसमध्ये ५० मिलियन डोजहरु पाखुरामा गइसकेको सीडीसीले जनाएको छ । ३७ मिलियन भन्दा बढीले खोप लगाएका छन् भने दुबै डोज पाउनेहरु १३ मिलियन बढी छ ।
त्यस्तै बेलायतमा रहेका नेपाली समुदायका एक हजारभन्दा बढीले खोप लगाइसकेको जनाइएको छ । डाक्टर बोधराज सुवेदीका अनुसार यूरोपमा २ हजार ५ सय नेपालीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।
तस्वीरमा: बेलायतमा कोरोनाबिरुद्धको आष्ट्राजेनेका भ्याक्सिन लगाउँदै संचारकर्मी ध्रुबराज अर्याल ।






