कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका रिपब्लिकन सांसद रोन राइटको मृत्यु


प्रकाशित मिति : माघ २६, २०७७ सोमबार

कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका रिपब्लिकन सांसद रोन राइटको मृत्यु भएको छ । अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभामा टेक्सासबाट प्रतिनिधित्व गर्ने राइटको निधन भएको संसदीय कार्यालयले सोमबार जारी गरेको वक्तब्यमा जनाइएको छ ।

आइतबार ६७ बर्षको उमेरमा उनको निधन भएको जनाइएको छ । उनको मृत्यु हुँदा उनकी पत्नी सुजन पनि छेउमा रहेको जनाइएको छ । दुईसाता अगाडि सांसद रोन र उनकी पत्नी सुजन कोरोना संक्रमणका कारण डायलसको बेलर अस्पतालमा भर्ना भएका थिए ।

पत्नी सुजनका साथमा रोन राइट

राइट पदमै रहेको बेलामा कोरोना संक्रमणबाट अमेरिकामा मृत्यु हुने पहिलो सांसद हुन् । यसअगाडि लुजियानाबाट नवनिर्वाचित सांसद लुक लेट्लोको डिसेम्बरमा पदभार ग्रहण गर्नु अगाडि नै निधन भएको थियो ।

राइटलाई भने गत जनवरी २१ मा कोरोना संक्रमण पुष्टी भएको थियो । उनले त्यतीबेला आफूलाई सामान्य लक्षणहरुमात्र देखिएको र आफ्ना क्षेत्रका जनताका लागि घरबाटै काम गरिरहेको बताएका थिए । प्रतिनिधिसभामा रिपब्लिकन नेता केभिन मेकार्थीले रोनको निधन भएकोमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रोनले क्यान्सरसँग पनि लडिरहेका थिए । रोन राइटले सन् २०१९ देखि टेक्सासको छैठौं संसदीय जिल्लाको प्रतिनिधित्व गर्दै आएका थिए ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com