कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप अभियान आज सम्पन्न हुने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार माघ १४ गतेबाट ७७ वटै जिल्लाका २०१ खोपकेन्द्रबाट सुरु भएको ‘कोभिशिल्ड’ खोप अभियान आज सम्पन्न हुने भएको हो । पहिलो चरणको खोप अभियानमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाईकर्मी र सुरक्षाकर्मीलाई प्राथकिमतामा राखिएको थियो । शुक्रबारसम्मको तथ्यांकअनुसार एक लाख ७१ हजार ४८६ जनाले कोरोनाविरुद्धको खोप लिएका छन् ।
अब पहिलो चरणबाट बचेको कोरोना भाइरसविरुद्धको खोप प्राथमिकतामा परेका व्यक्तिलाई दोस्रो चरणमा लगाउने तयारी भएको बताइएको छ । भारत सरकारले अनुदानमा १० लाख मात्रा खोप उपलब्ध गराएपछि खोप अभियान सुरु भएको थियो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।