न्युयोर्कमा रेष्टुरेण्ट कामदार र ट्याक्सी ड्राइभरलाई भ्याक्सिनका लागि योग्य बनाउन गर्भनरको अनुमति


प्रकाशित मिति : माघ २०, २०७७ मंगलबार

गभर्नर एन्ड्रयु कुमोले रेष्टुरेण्टमा काम गर्नेहरु र ट्याक्सी ड्राइभरहरुलाई कोरोनाबिरुद्धको भ्याक्सिन प्राप्त गर्न योग्यको सुचीमा राख्न न्युयोर्कका स्थानीय सरकारहरुलाई अनुमति प्रदान गरेका छन् । यदि स्थानीय सरकारले भ्याक्सिन दिन सकेको खण्डमा रेष्टुरेण्टमा काम गर्नेहरु र ट्याक्सी ड्राइभरहरु अब भ्याक्सिन पाउन योग्य रहेको कुमोले घोषणा गरेका हुन् ।

संघीय सरकारले राज्यहरुलाई अतिरिक्त भ्याक्सिनका डोजहरु उपलब्ध गराउने घोषणा गरेपछि कुमोको यस्तो घोषणा आएको हो । यसअगाडि गभर्नर कुमोले आपूर्तिमा अभावका कारण थपलाई योग्यताको सुचीमा थप्न नसकिने बताएका थिए । त्यस्तै शारीरिक वा मानसिक रुपमा विकाश नभएकाहरु पनि योग्य भएको कुमोले बताएका छन् ।

तर स्थानीय सरकारले आफ्नो स्थीति अनुशार यसबारे निर्धारण गर्ने उनको भनाई छ । तर न्युयोर्क सिटीले राज्यबाट अनुमति पाए अनुशार योग्यता बढाउने नबढाउनेबारे भने केही बताएको छैन । मेयर बिल डे ब्लाजिओले रेष्टुरेण्टका कामदारहरुलाई प्राथमिकता दिनेमा समर्थन गर्ने संकेत गरिसकेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्कमा झण्डै ३० लाख भ्याक्सिनका डोज डेलिभरी गरिएको सीडीसीले जनाएको छ । झण्डै १५ लाखले भ्याक्सिनका डोजहरु पाइसकेका छन् जसमध्ये दुबै डोज पाउनेहरु साढे ३ लाख बढी छन् ।

भ्याक्सिन लगाउँदै डाक्टर विनोद शाह

न्युयोर्कमा अहिलेसम्म भने ६५ बर्षभन्दा माथिका सबै, ग्रोसरी स्टोरमा ग्राहकतिर अनुहार फर्काएर काम गर्नुपर्नेहरु, अग्नीनियन्त्रक, प्रहरी, जनसुरक्षा संचारमा काम गर्नेहरु, कोर्ट अफिसरहरु, जेलमा काम गर्नेहरु, शिक्षण संस्था र चाइल्ड केयरमा काम गर्नेहरु, सार्वजनिक यातायातमा काम गर्नेहरु, होमलेस सेल्टरमा रहनेहरु भ्याक्सिन प्राप्त गर्न योग्य छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com