सबै अष्ट्रेलियालीलाई अक्टोबरसम्म खोप दिइने


प्रकाशित मिति : माघ १९, २०७७ सोमबार

अष्ट्रेलियाली नागरिकहरुलाई आगामी अक्टोबर महिनासम्ममा कोरोना भाइरस विरुद्धको खोप दिइसक्ने बताइएको छ । अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिससले सोमबार सो कुराको जानकारी गराएका हुन् । उनले नेसनल प्रेस क्लबमा आज गरेको सम्बोधनका क्रममा सो जानकारी दिएको राजधानी क्यानबेराबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी गराएका छन् ।

प्राप्त समाचारअनुसार प्रधानमन्त्री मरिससले सो कार्यक्रममा बोल्दै भने, ‘अष्ट्रेलियाली नागरिकलाई यसै वर्षको अक्टोबर महिनभित्र खोप दिइ सक्ने कार्यक्रम यहाँको सरकारले बनाएको छ र मलाई लाग्छ यो अष्ट्रेलियाको इतिहासमै एउटा गाह्रो काम हुनेछ ।’ यसका लागि अष्ट्रेलियाली सरकारले यहाँका सबै नागरिकलाई खोप लिनका लागि उत्साहित गरेको जानकारी पनि उनले दिए ।

त्यस सम्बोधनका क्रममा प्रधानमन्त्री मरिसनले अष्ट्रेलियाली नागरिकलाई खोप लाउने काममा प्रोत्साहन गर्नु पनि गाह्रो काम भएको बताए । सबै नागरिकलाई खोप दिने कार्यक्रम र त्यो पनि आगामी अक्टोबर महिनाभित्रै सक्ने काम बडो महत्वाकांक्षी रहेको पनि उनले बताए । यस प्रयोजनका लागि प्रधानमन्त्री मरिसनले सरकारले १९ अब अष्ट्रेलियन डलर बराबरको बजेट छुट्याइएको पनि जानकारी गराएका थिए ।

यस सम्बोधनका क्रममा उनले खोप कार्यक्रमका लागि छुट्याइएको यो रकम अष्ट्रेलियाको इतिहासमै सबैभन्दा ठूलो रकम भएको पनि जानकारी दिएका थिए । अष्ट्रेलियाले यो कार्यक्रम अन्तर्गत यहाँका कम्तीमा पनि २ करोड ५० लाख अष्ट्रेलियाली नागरिकलाई खोप दिइने भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस प्रयोजनका लागि अष्ट्रेलियाले एक करोड डोज फाइजरको खोप बुकिङ गरिसकेको छ र यी डोजहरु पहिलो चरणमा लगाइने छ । त्यसपछि विस्तारै आवश्यकता अनुसार अरु डोजहरु पनि लगाइने भएको अष्ट्रेलियाली नागरिकले जानकारी दिएका छन् । सिन्ह्वा

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com