कोभिड विरुद्धको खोप लगाउने क्रम जारी


प्रकाशित मिति : माघ १७, २०७७ शनिबार

नेपालमा कोरोनाबिरुद्धको खोप लगाइदै

तनहुँमा तीन दिनका अवधिमा ५ सय ४८ स्वास्थ्यकर्मीले कोभिड विरुद्धको खोप लगाएका छन् । खोप अभियानको तेस्रो दिनसम्म जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत ती स्वास्थ्यकर्मीले खोप लगाएका हुन् ।

शुक्रबार घिरिङ गाउँपालिकाका ६०, भीमाद नगरपालिकाका ५८ र शुक्लागण्डकी नगरपालिकाका १ सय १७ ले कोभिड विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए ।

खोप अभियानको पहिलो दिन एक सय चार र दोस्रो दिन दुई सय ९ जनाले खोप लगाएको कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यही माघ १९ गतेसम्म जिल्लाका १ हजार ६ सय ७९ स्वास्थ्यकर्मीलाई खोप लगाइँदैछ । खोप लगाउनका लागि दमौलीमा तीन वटा खोप केन्द्र तोकिएको छ ।

उनका अनुसार व्यास नगरपालिका ५ सय ५८, शुक्लागण्डकी नगरपािलका २ सय ६७, भीमाद नगरपालिका १ सय ७७, भानु नगरपालिका १ सय ७१, म्याग्दे गाउँपालिका ८२, ऋषिङ गाउँपालिकाका ९८,घिरिङ गाउँपालिका ६१, आँबुखैरेनी गाउँपालिका ७३, बन्दीपुर गाउँपालिका १ सय ५ र देवघाट गाउँपालिका ८७ लाई खोप लगाइँदैछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गण्डकीमा ७८९२ लाई खोप लगाइयो
गण्डकी प्रदेशमा आजसम्म ७ हजार ८ सय ९२ लाई कोभिड विरुद्धको खोप लगाइएको छ । स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार गण्डकी प्रदेशमा कोरोना विरुद्धको खोप लगाउनेको कुल लक्ष्य १७ हजार ३ सय ९६ मध्ये ४५.३७ प्रतिशत प्रगति भएको छ । यस अवधिमा कोरोना विरुद्धको खोप लगाइसकेपछि कुनैपनि जटिल अवस्थाको अवाञ्छित घटनाहरु नभएको उनले जानकारी दिए ।

कास्कीमा ३ हजार २ सय २६, गोरखामा ५ सय १७, तनहुँमा ५ सय ४८, नवलपुरमा ६ सय, पर्वतमा ४ सय ७६, बागलुङमा ६ सय २६, मनाङमा १ सय १०, मुस्ताङमा १ सय ६, म्याग्दीमा ३ सय १२, लमजुङमा ७ सय ८४, स्याङ्जामा ५ सय ८७ जनालाई खोप लगाइएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com