अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लीङकेनबाट सपथग्रहण (फोटो फिचर)


प्रकाशित मिति : माघ १३, २०७७ मंगलबार

फोटो: अमेरिकी विदेश मन्त्रालय

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लीङकेनले सपथग्रहण गरेका छन् ।अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लीङकेनले सपथग्रहण गरेका छन् । आज दिउसो अमेरिकी विदेशमन्त्रालयमा ब्लीङकेनले सपथग्रहण गरेका हुन् ।

फोटो: अमेरिकी विदेश मन्त्रालय

अमेरिकी विदेश मन्त्रालयकी उच्च अधिकारी क्यारोल पेरेजले सपथग्रहण गराएकी हुन् ।

फोटो: अमेरिकी विदेश मन्त्रालय

ब्लीङकेनलाई भोलि विदेश मन्त्रालयमा स्वागत कार्यक्रम राखिएको छ ।

फोटो: अमेरिकी विदेश मन्त्रालय

एन्टोनी ब्लीङकेनको नाम सिनेटबाट आजै स्वीकृत भएको हो । मंगलबार भएको मतदानमा उनका पक्षमा ७८ र विपक्षमा २२ मत खसेको छ । राष्ट्रपति जो बाइडेनका लामो समयदेखिका सल्लाहकार ब्लीङकेनले अमेरिकाको अत्यन्तै महत्वपूर्ण मानिने विदेश मन्त्रालयको नेतृत्व गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ब्लीङकेन लामोसमयदेखि विदेश नीतिका सल्लाहकार रहँदै आएका थिए । ओबामा राष्ट्रपति हुँदा उनले उपविदेशमन्त्री र राष्ट्रिय सुरक्षा उपसल्लाहकारका रुपमा काम गरेका थिए ।

उनले ओबामा प्रशासनका बेलामा विदेश नीतिका सन्दर्भमा मुख्य भूमिका खेलेका थिए । क्रिमियामाथि रसियाको आक्रमणको कस्तो प्रतिकृया जनाउनेदेखि ओसामाबिन लादेनमाथिको आक्रमण र आईसीसबिरुद्धको लडाईमा उनले मुख्य भूमिका खेलेका थिए ।

ब्लीङकेनले बिल क्लिन्टनका पालामा समेत राष्ट्रिय सुरक्षा परिषदमा काम गरेका थिए । उनले युरोप मामलाका लागि बरिष्ठ निर्देशकका रुपमा समेत काम गरेका थिए । उनी क्लिन्टनको विदेश नीतिबारे भाषण लेख्ने प्रमुख व्यक्ति समेत थिए । ट्रम्पले बिभिन्न देशसँग बिगारेको सम्बन्ध सुधार गर्दै अमेरिकी विदेश नीतिलाई सुदृढ गर्नु उनको मुख्य भूमिका हुनेछ ।

५८ बर्षका ब्लीङकेन मध्यमार्गी व्यक्तित्वका रुपमा परिचित छन् । पेरिसमा हाइस्कुलको अध्ययन गरेका उनले हार्भर्डबाट अण्डरग्रयाजुएट डिग्री हासिल गरेका थिए । त्यस्तै कोलम्बियाबाट कानूनको विषयमा डिग्री हासिल गरेका थिए । उनका पिता डोनाल्ड पनि हार्भर्ड ग्रयाजुएट हुन्, जसले हंगेरीका राजदूत भएर समेत काम गरेका थिए ।

ब्लीङकेनले पत्रकार र वकिलका रुपमा काम गरेका थिए । उनी बाइडेनको चुनावी अभियानमा विदेश नीतिको मुख्य अनुहार रहेका थिए । उनले इरान आणविक सम्झौतामा अमेरिकाको पुन प्रवेशका लागि समेत वकालत गर्दै आएका छन् ।

ब्लीङकेन बाइडेनले मन्त्रिपरिषद्का लागि छानेकाहरुमा सिनेटबाट स्वीकृत चौथो व्यक्ति हुन् ।

सेक्रेटरी अफ ट्रेजरी (अर्थमन्त्री) डाक्टर जानेट यलेन

यस अगाडि हिजो अमेरिकाको सिनेटले अर्थमन्त्री अर्थात ट्रेजरी सेक्रेटरीमा जानेट यालेनको नाम स्वीकृत गरेको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाको ट्रेजरी सेक्रेटरीमा यालेनलाई छानेकोमा सिनेटले उक्त सिफारिस सदर गरेको थियो ।

सिनेटले उनको नाम हिजो भारी बहुमतले पारित गरेको हो । ८५ जनाले उनको पक्षमा र विपक्षमा १५ जनाले मतदान गरेका थिए । सबै १५ जना रिपब्लिकनहरु हुन् ।

शुक्रबार सिनेटको बित्त समितिले उनको नाम सर्वसम्मतले पारित गरेको थियो । उनको पक्षमा बित्त समितिका सबै २६ जनाले मतदान गरेका थिए भने विपक्षमा शुन्य मत खसेको थियो ।

यालेनको नियुक्ती स्वीकृतसँगै उनी अमेरिकी इतिहासमा अर्थमन्त्रीको पदमा पुग्ने पहिलो महिला भएकी छिन् । यालेन फेडरल रिजर्भकी पूर्व अध्यक्ष समेत हुन् । अमेरिकी अर्थशास्त्री एवं युनिभर्सिटी अफ क्यालिफोर्नियामा प्रोफेसर समेत रहेकी उनी फेडरल रिजर्भको प्रमुखको जिम्मेबारी सम्हाल्ने समेत पहिलो महिला थिइन् ।

यस अगाडि अमेरिकी रक्षामन्त्रीमा लोयड अस्टिनलाई नियुक्त गर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको सिफारिसलाई सिनेटले शुक्रबार स्वीकार गरेको थियो । अस्टिन अमेरिकी रक्षामन्त्री हुने पहिलो अफ्रिकन मुलका अश्वेत अमेरिकन भएका छन् ।

सेक्रेटरी अफ डिफेन्स (रक्षामन्त्री) लोयड अस्टिन

अस्टिन अमेरिकी सेनाको मध्य कमाण्डका कमाण्डरबाट सन् २०१६ मा रिटायर्ड भएका थिए । नयाँ जागिर लिनका लागि अमेरिकी सेनाबाट सेवानिबृत्त भएको ७ बर्षसम्म कुनुपर्ने प्रावधान रहेकाले उनको नियुक्तीका प्रतिनिधिसभाबाट वेभर पारित गराउनु परेको थियो । त्यसपछि उक्त वेभर सिनेटबाट पारित गरिएको थियो ।

बिहिबार भएको मतदानले सिनेटमा अस्टिनको नियुक्ती स्वीकृत गर्नका लागि बाटो खुलेको थियो । अस्टिनको नियुक्तीका पक्षमा शुक्रबार सिनेटमा ९३ मत प्राप्त भएको थियो भने विपक्षमा २ मत प्राप्त भएको थियो । दुईजना रिपब्लिकन सिनेटरहरुले उनको नियुक्तीको विपक्षमा मतदान गरेका थिए ।

त्यस्तै गत बुधबार राष्ट्रिय खुफिया एजेन्सीको प्रमुखमा एभ्रिल हेन्सलाई नियुक्त गर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको सिफारिसलाई सिनेटले स्वीकार गरेको थियो ।

नेशनल इन्टेलिजेन्स निर्देशक एभ्रिल हेन्स

हेन्स सीआईएको पूर्व सहायक निर्देशक हुन् । उनले ओबामाको कार्यकालमा मुख्य सहायक राष्ट्रिय सुरक्षा सल्लाहकारका रुपमा काम गरेकी थिइन् । उनको नियुक्ती स्वीकृत भएसँगै अमेरिकाको खुफियामा पहिलोपटक महिला नेतृत्व आएको छ ।

अमेरिकामा राष्ट्रिय खुफिया निर्देशक मन्त्रिस्तरको पद हो । जसले अमेरिकाका विभिन्न १७ वटा खुफिया एजेन्सीहरुको प्रमुखका रुपमा काम गर्छ । जसमा सीआईए, डीआईए, सीजीआई लगायत रहेका छन् ।

सिनेटमा एभ्रिलका नियुक्तीको पक्षमा ८४ र विपक्षमा १० मत खसेको थियो । रिपब्लिकन सिनेटर टम कटनले नियुक्तीबारे विरोध गर्दै आफ्नो प्रश्नको लिखित जवाफ मागेपछि गत बुधबार नै एभ्रिल नियुक्ती स्वीकृत हुनेमा आशंका देखिएको थियो । तर टिम कटनलाई लिखित जवाफ दिइएपछि उनले अवरोध फिर्ता लिएका थिए ।

बाइडेनको मन्त्रिपरिषद्

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com