दुई दशकबढी अमेरिका बसेर फर्किएका भारत्तोलनका विश्व च्याम्पियन रुप कार्कीको निधन


प्रकाशित मिति : माघ ८, २०७७ बिहीबार

दुई दशकबढी अमेरिका बसेर नेपालमै भारत्तोलनमा सकृय हुन र नयाँ पुस्तालाई भारत्तोलन सिकाउन भन्दै झण्डै तीनमहिना अगाडि फर्किएका भारत्तोलक विश्व च्याम्पियन रुप कार्कीको ५२ बर्षको उमेरमा  निधन भएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका ६ भलवारी बस्दै आएका कार्कीको आज विहान हृदयघातबाट निधन भएको हो । बुटवलबाट काठमाडौं लैजादैगर्दा मुगलिन नजिकै बाटोमा निधन भएको जनाइएको छ ।

नेपालमा भारत्तोलनको तालिम सचालन गरेर आगामी पुस्तालाई पनि विश्व च्याम्पियन स्तरमा पुर्याउने उद्देश्यले  नेपाल फर्किएका कार्कीको निधनको खबरले आफू स्तब्ध भएको मेरिल्याण्ड निवासी नेपाल सरकारका तर्फबाट महावाणिज्यदूत प्रेमराजा महतले जानकारी दिनुभयो । कार्की गत अक्टोबरमा आफूले प्राप्त गरेको शीप अनुभव लिदै मातृभूमिलाई योगदान गर्ने दृढ संकल्प सहित नेपाल गएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महतले श्रद्धाञ्जली व्यक्त गर्दै भन्नुभएको छ – ‘भन्नै नसकी नसकी पनि भन्नुपर्दो रहेछ हार्दिक श्रद्धाञ्जदली प्यारो भाई रूप। नेपाल र नेपालीको नाम बिश्वसामु पुर्याउन सफल भारत्तोलनका अन्तराष्ट्रिय खेलाडी एवं च्याम्पियन हाम्रो समाजका अत्यन्तै सहयोगी अनि मिलनसार प्रिय भाई रूप कार्की अबदेखी हामीबीच रहनुभएन।बडो दुखका साथ भन्दछु – अल बिदा रूप भाई । तपाईं को स्वर्ग मा बास होस।’

 

झण्डै दुईसाता अगाडि ऋषि धमलाको जनता जान्न चाहन्छन् कार्यक्रममा विशेष कुराकानी गर्दै कार्की

सन् २०१९ मा आयरल्यान्डको लाइमेरिकमा चार दिनसम्म सञ्चालित मास्टर–२ प्रतियोगितामा कार्कीले दुई सय बढी देशका करिब ७ सय जना प्रतिस्पर्धीलाई पछाडि पारेर स्वर्ण जितेका थिए ।  सन् २०१९ को जुलाईमा ५०-५४ बर्ष उमेर समूह र २२० पाउण्ड वजनमा कार्कीले युएसपिएलमा स्वर्ण पदक प्राप्त संगै आयरल्याण्डमा सम्पन्न आईपिएल प्रतियोगितामा उनी छनौट भएका थिए ।

भारत्तोलक कार्कीले ४४-४९ बर्ष उमेर र २२० पाउण्ड वजन समूहमा सन् २०१७ मा सम्पन्न एटलान्टामा भएको युएसपीएल प्रतियोगितामा स्वर्ण पदक जितेका थिए । कार्की कृतिम रुपमा शारीरिक बल वृद्धि गर्न औषधि प्रयोग नगर्ने ड्रग टेस्टेड खेलाडी थिए । कार्की अमेरिका आएदेखि नै भारत्तोलनको नियमित प्रशिक्षणमा लागेका थिए । थुप्रै पदक प्राप्त गरेका कार्की अन्तर्राष्ट्रिय ख्याती प्राप्त भारत्तोलक हुन् ।

नेपालको खेल इतिहासमा यो खेलमा स्वर्ण पदक जित्ने उनी पहिलो नेपाली खेलाडी हुन्। उनी अमेरिकास्तरीय प्रतियोगितामा झण्डै दर्जन खेलमा स्वर्णपदक जित्दै च्याम्पियन बनेका थिए । भारत्तोलन खेलकै लागि उनले दैनिक ३ देखि ५ घण्टासम्म नियमित ब्यायाम गर्दै आएका थिए ।

आफू आफ्नो लागि नभएर नेपाल र नेपालीको पहिचानका लागि खेलेको बताउने कार्की खेलको माध्यमबाट नेपाललाई चिनाउन पाएकोमा निकै गर्व गर्दथे ।

उनका छोरा रुपेश कार्की पनि भारत्तोलक हुन् । रुपेश पनि आफ्नो वर्गमा स्वर्ण पदक बिजेता हुन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com