भारतले उपलब्ध गराएको कोरोनाविरुद्ध १० लाख डोज खोप आज नेपाल आइपुग्दै


प्रकाशित मिति : माघ ८, २०७७ बिहीबार

❒ भारत सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको १० लाख डोज ‘कोभिसिल्ड’ खोप आज काठमाडौँमा आइपुग्दै

❒ कुल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोभिड–१९ विरुद्ध खोप लगाउने योजना, पहिलो चरणमा ल्याइन थालेको १० लाख मात्रा खोप स्वास्थ्यकर्मी, सरसफाइकर्मी, शव व्यवस्थापकलाई दिइने

❒ ७७ जिल्लामै एकैसाथ खोप अभियान सुरु हुने

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला । 

नेपालमा सङ्क्रमण देखिएको एक वर्षपछि कोभिड–१९ विरुद्धको खोप नेपालीले पाउने भएका छन् । भारत सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको १० लाख डोज ‘कोभिसिल्ड’ खोप आज काठमाडौँमा आइपुग्दै छ ।

आज बिहान एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको पहिलो खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाललाई हस्तान्तरण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

खोपलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको कार्गो भवनमा रहेको कोल्ड स्टोरमा राखिनेछ। त्यसपछि उक्त खोप टेकुस्थित केन्द्रीय भ्याक्सिन स्टोरमा राखिनेछ । त्यहाँ २ देखि ८ डिग्री सेल्सियसको तपाक्रममा राखिने उक्त खोप बढीमा पाँच दिनभित्र विभिन्न सात प्रदेशका भ्याक्सिन आपूर्ती केन्द्रमा पठाइने स्वास्थ्य सेवा विभागको खोप शाखाले जानकारी दिएको छ ।

एकै चरणमा ल्याउने तयारी भएको कोभिसिल्ड खोप भारतको सिरम इन्स्टिच्युट अफ इन्डयाको उत्पादन हो । भारतमा ३ हजार जनामा गरिएको अन्तिम चरणको परीक्षणमा यो खोप ९० प्रतिशत प्रभावकारी देखिएको थियो ।

सरकारको कुल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोभिड–१९ विरुद्ध खोप लगाउने योजना रहेको छ । पहिलो चरणमा ल्याइन थालेको १० लाख मात्रा खोप स्वास्थ्यकर्मी, सरसफाइकर्मी, शव व्यवस्थापकलाई दिइने छ । खोप आइसकेपछि भण्डारण गरेपश्चात् खोप क्रमशः प्राथमिकीरणमा परेकालाई दिइनेछ ।

नेपालका जनतालाई खोप लगाउने सरकारी योजना पूरा हुन ५ करोड डोज खोप चाहिने विशेषज्ञहरू बताउँछन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com