सहकर्मीले चियामा विष हालेर खुवाएपछि नेटफ्लिक्स प्रोड्युसरको मृत्यु


प्रकाशित मिति : पुस ११, २०७७ शनिबार

सहकर्मीले चियामा विष हालेर खुवाएपछि नेटफ्लिक्स सिरिजका प्रोड्युसर लिन क्वीको मृत्यु भएको छ । उनले गेम अफ थ्रोन्सको टिमसँग आगामी परियोजनाका लागि काम गरिरहेका थिए । क्वीको ३९ बर्षको उमेरमा निधन भएको छ ।

चाइनिज मनोरञ्जन कम्पनी युजुका सीईओ समेत रहेका उनी डिसेम्बर १६ मा अस्पतालमा भर्ना भएका थिए । उनको शुक्रबार निधन भएको प्रहरीले जनाएको छ । चियामा विष हालेर खुवाउने सहकर्मीलाई प्रहरीले हिराशतमा लिएको छ ।

३९ बर्षका शु यायोले चियामा विष हालेर खुवाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनी युजु कम्पनीको फिल्म तथा टेलिभिजन विभागका बरिष्ठ कार्यकारी रहेका थिए । उनीहरुबीच कम्पनीको कार्यकारी पदका बारेमा विवाद भएको जनाइएको छ ।

अस्पतालले डिसेम्बर १७ मा बेलुका ५ बजे प्रहरीलाई फोन गरेर क्वीलाई विष खुवाइएको बताएको थियो । त्यसपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । लिन क्वी नेटफ्लिक्सको आगामी सिरिज ‘द थ्री बोडी प्रब्लम’मा निर्माता रहेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com