पुराना वामपन्थी नेता एवं मार्क्सवादी चिन्तक स्वनाम साथीको निधन
प्रकाशित मिति : पुस १०, २०७७ शुक्रबार

पुराना वामपन्थी नेता एवं मार्क्सवादी चिन्तक स्वनाम साथीको निधन भएको छ । उनको वास्तविक नाम शसी शेरचन हो ।
स्वनामको शुक्रबार साँझ मोडेल अस्पताल बागबजारमा निधन भएको जनाइएको छ । उनको केही समयअघि मुटुको शल्यक्रिया गरिएको थियो।
कोरोना संक्रमणबाट फोक्सोमा असर परेपनि पछिल्लो रिपोर्ट भने नेगेटिभ आएको थियो । फोक्सोमा निमोनिया देखिएपछि उनलाई पुन अस्पताल भर्ना गरिएको थियो । मृगौला र फोक्सोमा समस्या आएपछि उनलाई आईसीयुमा राखिएको थियो ।
७ बर्ष अगाडि ६३ बर्षको उमेरमा उनले आफूभन्दा २९ वर्ष कान्छी युवती किरण गौतम विवाह गरेका थिए । उनीहरुको लामो समयदेखि प्रेम सम्बन्ध थियो भने १० लिभिङ टुगेदरमा बसेर विवाह गरेका थिए ।
म्याग्दीको अर्मनमा १७ साउन २००७ मा उनको जन्म भएको थियो। उनी नेकपा मसाल, नेकपा एकता केन्द्र, नेकपा (माओवादी) हुँदै नेकपामा आवद्ध थिए । तर स्वास्थ्यमा समस्याका कारण उनी कुनै जिम्मेबारीमा थिएनन् ।