२ हजार डलरको चेक सहितको संसोधित प्याकेज सर्वसम्मत हुनमा रिपब्लिकनको रोक, सोमबार मतदान
प्रकाशित मिति : पुस ९, २०७७ बिहीबार
(नोट: यो समाचार अतिरिक्त जानकारीसहित अपडेट गरिएको छ । – सम्पादक)
२ हजार डलरको राहतचेक समेटिएको संसोधित राहत प्याकेज अमेरिकाको प्रतिनिधिसभामा सर्वसम्मत गराउने डेमोक्रेटिक सांसदहरुको प्रयास रिपब्लिकन सांसदहरुले अस्वीकार गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले राहत चेक २ हजार डलरसम्मको बनाउनुपर्ने माग गर्दै प्याकेजमा संसोधन गर्नका लागि आव्हान गरेपछि डेमोक्र्याट्सहरुले २ हजार डलरको राहत चेक सहितको संसोधित प्याकेज हाउसमा सर्वसम्मत बनाउने प्रयास गरेका थिए ।
मंगलबारसम्म बिलमा ट्रम्पले हस्ताक्षर नगरेमा सरकार शटडाउन हुनेछ । बिहिबार सर्वसम्मत गराउने प्रयास असफल भएपछि अब सोमबार २ हजार डलर राहत चेकसहित संसोधन गरिएको प्याकेजमा प्रतिनिधिसभामा मतदान हुनेछ । तर त्योभन्दा अगाडि नै ट्रम्पले हस्ताक्षर गरेको खण्डमा भने संसदका दुबै सदनबाट पारित भएर ह्वाइटहाउसमा लगिएको बिल नै कार्यान्वयनमा आउनेछ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले २ हजार डलरको राहत चेक पठाउनुपर्ने बताएपछि हाउस स्पीकर न्यान्सी पेलोसीले २ हजार डलरको राहत चेकसहितको प्याकेज पारित गर्न तयार रहेको बताएकी थिइन् । जस अनुशार आज सर्वसम्मत गराउने प्रयास गरिएको थियो ।
चालु संसदको आयु अब १० दिनमात्र रहेको छ । जनवरी ३ मा नयाँ संसद सुरु हुनेछ । जसमा नोभेम्बर ३ को चुनावबाट निर्वाचित सांसदहरुले जनवरी ३ मा सपथग्रहण गर्नेछन् । यो संसद छँदै बिल पारित हुन नसके नयाँ संसदले सुरुबाटै प्रकृयाको थालनी गर्नुपर्नेछ ।
पेलोसीले भनेकी छिन् – ‘राहत चेकमा राष्ट्रपतिले कति पठाउन चाहेका हुन् भन्नेबारे बताउन रिपब्लिकनहरुले बारम्बार अस्वीकार गरे । अन्तत: राष्ट्रपति २ हजार डलरमा सहमत भएका छन् । यो गरिहालौं ।’
Republicans repeatedly refused to say what amount the President wanted for direct checks. At last, the President has agreed to $2,000 — Democrats are ready to bring this to the Floor this week by unanimous consent. Let’s do it! https://t.co/Th4sztrpLV
— Nancy Pelosi (@SpeakerPelosi) December 23, 2020
डेमोक्रेटिक सिनेटर चक शुमरले पनि २ हजार डलरको राहत चेकसहित प्याकेज संसोधन गर्न तयार रहेको बताएका छन् । तर सिनेटमा रिपब्लिकन नेता मिच म्याक्कोनेलले अहिलेसम्म कुनै प्रतिकृया जनाएका छैनन् ।
I’m in. Whaddya say, Mitch? Let’s not get bogged down with ideological offsets and unrelated items and just DO THIS! The American people deserve it. @senatemajldr https://t.co/L1b5rUkc7h
— Chuck Schumer (@SenSchumer) December 23, 2020
हाउसमा डेमोक्रेटिक सांसद अलेक्जान्द्रिया ओकासियो कोर्टेजले आफूले पहिले नै २ हजार डलरको राहत चेक पठाउने संसोधन सहलेखन गरिसकेको र अब यसलाई पारित गर्न आव्हान गरेका छन् । सिनेट सहमत भएमा २ हजार डलरको राहत चेक समेटिएको बिल यसैसाता पारित गर्नसक्ने उनले बताएकी छिन् ।
Let’s do it. @RashidaTlaib and I already co-wrote the COVID amendment for $2,000 checks, so it’s ready to go.
Glad to see the President is willing to support our legislation.
We can pass $2k checks this week if the Senate GOP agrees to stand down. https://t.co/GprwrUPali pic.twitter.com/nFFs1ExqCK
— Alexandria Ocasio-Cortez (@AOC) December 23, 2020
परिमार्जन नभएसम्म हस्ताक्षर नगर्ने संकेत गरेका राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत संसदलाई उपयुक्त बिल ल्याउन भनेका छन् । नत्र अर्को प्रशासनले राहत प्याकेज जारी गर्ने र त्ययो अर्को प्रशासन आफू समेत हुनसक्ने उनले बताएका छन् ।
उनले खर्च विधयेकका कतिपय कुराहरुमा आफू असन्तुष्ट भएको बताएका छन् । ट्रम्पले राहत चेक ६ सय डलर अत्यन्तै कम भएको र त्यसलाई बढाएर २ हजार बनाएर ल्याउन भनेका छन् । व्यक्तिका लागि २ हजार वा दम्पत्तिका लागि ४ हजारको राहत चेकको व्यवस्था गर्न संसदलाई भनेको र विधयेकबाट अनावश्यक कुराहरु हटाएर उपयुक्त विधयेक ल्याउन भनेका छन् ।
— Donald J. Trump (@realDonaldTrump) December 23, 2020
६ सय डलरको राहत चेक र बेरोजगारी विमाका अतिरिक्त साप्ताहिक ३ सय डलर समेटिएको ८९२ बिलियन डलरको राहत प्याकेज अमेरिकी संसदको दुबै सदनबाट सोमबार मध्यरात अगाडि नै पारित भएको थियो । संसदले १ दशमलव ४ ट्रिलियन डलरको खर्च विधयेक पनि पारित गरेको हो ।
राहत प्याकेज र खर्च विधयेक सोमबार साँझ प्रतिनिधिसभाबाट र मध्यरात हुनु ठीक अगाडि सिनेटबाट पारित भएको थियो । सिनेटमा ९२ जनाले पक्षमा र ६ जना रिपब्लिकन सिनेटरहरुले विपक्षमा मतदान गरेका थिए ।
आगामी सेप्टेम्बर अन्त्यसम्म सरकारी खर्च धान्ने खर्च विधयेक र कोरोनाको महामारीका कारण उत्पन्न आर्थिक समस्याको सामना गर्न राहत प्याकेज ५५९३ पृष्ठ लामो छ ।
कोरोनाको महामारी सुरुभएपछि मार्चमा ल्याइएको राहत प्याकेजपछिको यो सबैभन्दा ठूलो राहत प्याकेज हो ।
पूर्ण पाठ पढ्न यहाँ क्लीक गर्नुहोला ।
राहत प्याकेजमा बयस्क र बालबालिकाहरुका लागि ६ सय डलरको राहत चेकको व्यवस्था गरिएको छ । बार्षिक ७५ हजारभन्दा कम आम्दानी हुनेहरुले यो राहत चेक प्राप्त गर्नेछन् । १२ सय डलरको राहत चेक प्राप्त गरेका अधिकांश यो राहत चेक समेत प्राप्त गर्न योग्य हुनेछन् ।
त्यस्तै बेरोजगारी विमाको अवधि ११ हप्ता थपिएको छ भने महामारीका कारण काम गुमाएकाहरुलाई राज्यले दिने बेरोजगारी विमा रकमका अतिरिक्त साप्ताहिक ३ सय डलर प्रदान गरिने भएको छ । डिसेम्बर २६ पछि सुरु हुने साताबाट आगामी मार्च १४ सम्म अतिरिक्त साप्ताहिक ३ सय डलर प्रदान गरिने भएको छ ।
राहत प्याकेजमा साना विजनेशका लागि ऋण प्रदान गर्न ३१९ बिलियन छुट्याइएको छ । जसअन्तरगत पेचेक प्रोटेक्सन कार्यक्रम अन्तरगत ऋणका लागि २८४ बिलियन छुट्याइएको छ । २० बिलियन इकोनोमिक इन्जुरी डिसास्टर लोन अनुदानका लागि छुट्याइएको छ । १५ बिलियन स्वतन्त्र थियटरहरु र सांस्कृति प्रतिष्ठना लगायत लाइभ कार्यक्रमस्थलका लागि छुट्याइएको छ ।
२५ बिलियन भाडा सहायता कार्यक्रम र घरनिकाला हुनबाट जोगाउने कार्यक्रमका लागि छुट्याइएको छ । १३ बिलियन पोषण कार्यक्रमका लागि छुट्याइएको छ । १० बिलियन चाइल्ड केयरसहित ८२ बिलियन डलर शिक्षाका लागि छुट्याइएको छ ।
ट्रेजरी सेक्रेटरी स्टेफन मन्चिनले आगामी सातादेखि नै राहत चेक पठाउन सकिने बताएका छन् । हाउस र सिनेटमा आजै बेरोजगारी विमाका अतिरिक्त साप्ताहिक ३ सय डलर र दोश्रो चरणको राहत चेक समेटिएको राहत प्याकेज पारित हुने अपेक्षा गरिएको छ ।
अमेरिकाको राहत प्याकेज र खर्च विधयेकमा नेपालको सहयोगका लागि १३ करोड डलर विनियोजन