अमेरिकाको राहत प्याकेज र खर्च विधयेकमा नेपालको सहयोगका लागि १३ करोड डलर विनियोजन


प्रकाशित मिति : पुस ६, २०७७ सोमबार

– किशोर पन्थी

अमेरिकाको संसदमा सहमति जुटेको राहत प्याकेज र खर्च विधयेकमा नेपालका लागि समेत बजेट छुट्याइएको छ । नेपालको सहयोगका लागि कम्तीमा १३ करोड २ लाख ६५ हजार डलर अर्थात् साढे १५ अर्ब भन्दा धेरै नेपाली रुपैया प्रदान गरिने भएको छ । नेपालको विकाश र प्रजातन्त्रको कार्यक्रमका लागि उक्त रकम प्रदान गरिने जनाइएको छ ।

वैदेशिक शैन्य आर्थिक कार्यक्रम अन्तरगतको रकम सहयोग भने नेपालमा मानवीय कार्य, प्राकृतिक विपत्तिमा सहायता र अन्तर्राष्ट्रिय शान्ति कार्यक्रमहरुका लागिमात्र उपलब्ध हुने विधयेकमा जनाइएको छ । नेपाल सरकारले मानवअधिकार उल्लंघनबारे अनुसन्धान र कारवाही गरिरहेको तथा नेपाली सेनाले त्यस्ता मामिलामा नागरिक न्यायिक अधिकारीहरुसँग समन्वय गरिरहेको कुरा अमेरिकी विदेशमन्त्रीले प्रमाणित गरेमा र सम्बन्धित समितिमा रिपोर्ट गरेमा वैदेशिक शैन्य आर्थिक कार्यक्रम अन्तरगतको फण्ड अतिरिक्त प्रयोगमा समेत लगाउन सकिने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विधयेकमा तिब्बतबाट आउने नयाँ शरणार्थीहरुलाई नेपालको भूभागमा आउनका लागि पहुच दिन र नेपालहुँदै सुरक्षित तरिकाले भारत जान दिनका लागि नेपाल सरकारले उनीहरुलाई चीन सुपुदर्गी नगर्ने सिद्धान्तको सम्मान गर्ने प्रतिबद्धता जनाएको स्मरण गराइएको छ । भारतको सरकार र राष्ट्रसंघको शरणार्थी उच्च आयुक्तको कार्यालयसँग यस्तो प्रतिबद्धताका साथ नेपालले गरेको भद्र सहमति सम्मान गर्न अमेरिकी विदेशमन्त्रीले नेपाल सरकारलाई प्रोत्साहित गर्ने विधयेकमा जनाइएको छ ।

विधयेकमा दलाई लामा सन्दर्भमा अमेरिकी नीतिबारे झण्डै ५ पेज लामो व्याख्या गरिएको छ । १५ औं दलाई लामाको छनौट, शिक्षा र मानपदवी सन्दर्भमा वर्तमान चौधौं दलाई लामाले दिने लिखित वा कुनै प्रकारका निर्देशनहरुले मूख्य भूमिका खेल्ने अमेरिकी नीतिबारे स्पष्ट पारिएको छ ।

१५ औं दलाई लामाको छनौटमा चीन वा अरु कुनै सरकारको हस्तक्षेपले धार्मिक स्वतन्त्रताको उल्लंघन हुने र तिब्ब्तका धार्मिक नेताको छनौट, शिक्षा र मानपदवी तिब्बती बौद्ध परम्परा अनुशार उपयुक्त धार्मिक अधिकारीबाट हुनुपर्ने विधयेकमा उल्लेख छ ।

नेपाल र भारतमा रहेका तिब्बती शरणार्थीहरुलाई आर्थिक बर्ष २०२१ देखि २०२५ सम्म ६० लाख अमेरिकी डलर उपलब्ध गराइने विधयेकमा उल्लेख छ । वैदेशिक सहायता ऐन अन्तरगत तिब्बती संस्कृति र भाषाको विकाशको प्रवद्र्धनका लागि, नेपाल र भारतमा तिब्बती समुदायको सहजताका लागि तथा ती समुदायका तिब्बती नेताहरुको नयाँ पुस्ताको शिक्षा र विकाशका सहयोगका लागि उक्त रकम प्रदान गरिने जनाइएको छ ।

त्यस्तै आर्थिक सहायता फण्डमार्फत कम्तीम अर्को ६० लाख अमेरिकी डलर नेपाल र भारतमा रहेका तिब्बतीहरुको संस्कृति र भाषाको संरक्षणका लागि प्रदान गरिने भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com