५ मंसिर २०८३, शनिबार| Saturday, November 21, 2026
शोक सन्देश

केन्यामा राष्ट्रसंघमा कार्यरत नेपाली इन्जिनियर सुनिल देव पन्तको कोरोनाबाट मृत्यु

अफ्रिकी मुलुक केन्यामा लगभग ५० वर्षीय एक नेपाली इन्जिनियरको कोरोनाका कारण मृत्यु भएको छ ।

संयुक्त राष्ट्र संघको योजना सेवा सम्पर्क कार्यालय ( यूएनओपीएस ) नैरोबी , केन्यामा प्रोजेक्ट इन्जिनियरको रुपमा कार्यरत इन्जिनियर सुनिल देव पन्तको कोरोनाबाट मृत्य भएको बताइएको छ ।

कोरोनाबाट अफ्रिकामा मृत्यु हुने पन्त तेश्रो नेपाली हुन्  ।

केन्या आउनु अघि पन्त नेपाल सरकारको इन्जिनियरको रुपमा सेवारत थिए । काठमाडौं , मैतीदेबी निवासी पन्तको मृत्यु नेपाल इन्जिनियर एसोसिएसनले पनि शोक व्यक्त गरेको छ ।

अफ्रिकास्थित एनआरएनएका निवर्तमान कोषाध्यक्ष हिक्मत थापाले इन्जिनियर पन्तको मृत्युको खवरले स्तब्ध बनाएको र राष्ट्रले एक अनुभवी इन्जिनियर गुमाउनु परेको बताएका छन् ।

थापाले सामाजिक संजालमार्फत मृतक पन्तप्रति श्रद्धाञ्जली तथा नेपालमा रहेका उनका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →