आजदेखि न्युयोर्क सिटीमा ‘इन्डोर डाइनिङ’ बन्द, पूरै सिटी शटडाउन हुनसक्ने मेयरको चेतावनी


प्रकाशित मिति : मंसिर २९, २०७७ सोमबार

आजदेखि न्युयोर्क सिटीमा इन्डोर डाइनिङ बन्द गरिएको छ । कम्तीमा २ साताका लागि न्युयोर्क सिटीका रेष्टुरेण्टभित्र खानाखानमा रोक लगाईएको हो ।

कोरोना संक्रमणदर बढेपछि र संक्रमणका कारण अस्पताल भर्ना हुने दर बढेपछि इन्डोर डाइनिङ बन्द गरिएको हो । संक्रमणदर बढ्ने क्रम नरोकिए न्युयोर्क सिटी पूर्णरुपमा शटडाउनको घोषणा गर्न सकिने मेयर बिल ब्लाजिओले बताएका छन् ।

ज्याक्सनहाइटमा आउटडोर खानाखाने स्थल बनाएर संचालित रेष्टुरेण्ट । फोटो : खसोखास

न्युयोर्कका गभर्नर एन्ड्रगु कुमोले न्युयोर्क सिटीमा रेष्टुरेण्टभित्र खाना खानमा प्रतिबन्ध लगाएका हुन् । रेष्टुरेण्टभित्र २५ प्रतिशत क्षमतामा खानखान पाइने नियम परिर्तन गरेर इन्डोर डाइनिङ पूर्णरुपमा बन्द गरिएको हो ।

न्युयोर्कमा चिसो बढिसकेकाले आउटडोर डाइनिङ सहज नभएको अवस्थामा उक्त नियम लागु भएमा रेष्टुरेण्टहरुले टेकआउट र डेलीभरीमात्र गर्न सक्नेछन् ।

सीडीसीले जिम र शैलुनका सन्दर्भमा उस्तै निर्देशिका नबनाएकाले जिम र शैलुन भने बन्द भएका छैनन् । संघीय सरकारले बार, रेष्टुरेण्ट लगायतका विजनेशलाई सहयोगका लागि राहत प्याकेजहरु ल्याउनुपर्ने कुमोको भनाई छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com