‘सरकार र मिल मालिकको मिलेमतोको सिकार बने उखु किसान’ : वरिष्ठ नेता पौडेल


प्रकाशित मिति : मंसिर २९, २०७७ सोमबार

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उखु मिलका मालिक र सरकारबीचको मिलेमतोको शिकारमा किसानहरू परेको बताएका छन् । सोमबार सामाजिकसञ्जाल फेसबुकमार्फत नेता पौडेलले उखु किसानको आन्दोलनको समर्थनमा नेता पौडेलले यस्तो बताएका हुन् ।

नेता पौडेलले ट्विटमार्फत सरकार र चिनी मिलका मालिकहरुको मिलिभगत र लापर्वाहीको सिकार किसान बन्न पुगेका बताएका छन् । उनले तत्काल किसानको समस्या समाधान गर्न सरकारलाई आवहान गरेका छन् ।

‘नेपाली उखु किसान आफ्नो पसिनाको मोल नपाएर गुहार माग्न राजधानी आएका छन् । मिल मालिक र सरकारमा रहेकाहरुको मिलिभगत र लापर्वाहीको शिकार बनेका किसानहरु प्रति पुर्ण सहानुभूति र एकबद्दता प्रकट गर्दै उनको माग यथाशीघ्र पूरा गरेर राहत दिलाउन जोडदार आवहान गर्दछु । जय नेपाल !’ उनले लेखेका छन्।

सर्लाहीका उखु किसानले आइतबारबाट माइतीघर मण्डलामा धर्ना दिन थालेका छन् । गत वर्षको पुस १८ गते सरकार र उखु किसानबीच भएको ५ बुँदे सहमति कार्यन्वयन नभएपछि उनीहरु पुनः काठमाडौं आएका हुन् । उनीहरुका अनुसार चिनी उद्योगले झण्डै ९० करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

किसान मार्न पाइन्दैन ! भन्दै उखु किसानले माइतीघरमा थाले आन्दोलन

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com