किसान मार्न पाइन्दैन ! भन्दै उखु किसानले माइतीघरमा थाले आन्दोलन
प्रकाशित मिति : मंसिर २८, २०७७ आईतबार
cfGbf]lnt pv’ ls;fg sf7df8f}F, @* dªl;/ M cfkmgf] kl;gfsf] d”No vf]Hb} ;nf{xLsf pv’ ls;fg dfOtL3/ d08nfdf . lrgL ldnx?af6 pv’sf] e’QmfgL gkfPkl5 pgLx? cfGbf]ng plqPsf x’g . t:jL/ M /f]zg ;fksf]6f÷/f;;
उखु किसानले काठमाडौँको माइतीघर मण्डलामा धर्ना दिँदै आन्दोलन थालेका छन् । उनीहरुले चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै आज (आइतबार)देखि आन्दोलन थालेका छन्।
किसानले गत वर्षको पुस १६ गते भएको सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् । उनीहरुले तिहारअघि पनि उद्योग मन्त्रीलाई भेटेर हाम्रो माग राखेका थिए । मन्त्रीले पैसा दिलाइदिने बाचा गरेका थिए । तर, किसानले अहिलेसम्म बक्यौता रकम पाउन सकेका छैनन् ।
किसानलाई चार वटा चिनी मिलले सरकारी तथ्यांकअनुसार अझै ५२ करोड भन्दा धेरै बक्यौता तिर्नु पर्नेछ ।सोअनुसार श्रीराम सुगर मिलले २६ करोड, इन्दिरा सुगर मिलले ४ करोड ७० लाख, लुम्बिनी सुगर मिलले ८ करोड ४१ लाख तथा अन्नपूर्ण सुगर मिलले १७ करोड रुपैयाँ किसानलाई बुझाउन बाँकी छ ।
तस्वीर : रासस





