देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी


प्रकाशित मिति : मंसिर २५, २०८२ बिहीबार

अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)ले देशनिकाला प्रक्रियालाई थप तीव्र र व्यवस्थित बनाउनका लागि ६ वटा बोइङ ७३७ विमान खरिद गर्ने भएको छ। डिएचएसले बुधबार यस सम्बन्धी सम्झौता भएको पुष्टि गरेको हो।

डिएचएसकी प्रवक्ता ट्रिशिया म्याकलफलिनले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै विमान खरिदपछि इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)ले अझ प्रभावकारी र कार्यकुशल उडान मार्ग अपनाएर आफ्नो कामलाई सुदृढ गर्ने बताइन् । उनले राष्ट्रपति डोनाल्ड ट्रम्प र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी सेक्रेटरी क्रिस्टी नोएम गैरकानुनी अवस्थामा रहेका आप्रवासीहरूको छिटो निष्कासनमा प्रतिबद्ध रहेको जिकिर गरिन् ।

वाशिङटन पोस्टमा प्रकाशित रिपोर्टअनुसार आइसले यसअघि चार्टर विमानमा निर्भर रहँदै आएको देशनिकाला उडानहरू अब आफ्नै विमानमार्फत सञ्चालन गर्ने तयारी गरेको हो । विमान खरिदका लागि आवश्यक रकम ट्रम्पले जुलाईमा हस्ताक्षर गरेको रिपब्लिकन पार्टीको कर तथा बजेट विधेयकअन्तर्गत विनियोजित १७० बिलियन डलरको कोषबाट खर्च हुँदैछ। यस कदमले करदाताको करिब २७९ मिलियन डलर बचत हुने प्रवक्ता म्याकलफलिनको दाबी छ।

विमान खरिदका लागि गरिएको सम्झौता भर्जिनियामा २०२४ फेब्रुअरीमा स्थापित डेढालस एभिएसन कर्पोरेशनसँग गरिएको हो। कम्पनीले सरकारी निर्देशनमा विमान उद्धार, चार्टर सेवा र संवेदनशील अन्तर्राष्ट्रिय प्रत्यावर्तनजस्ता सेवा प्रदान गर्दै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ह्यूमन राइट्स फर्स्टको आइस फ्लाइट मनिटर रिपोर्टअनुसार राष्ट्रपति ट्रम्प पदमा पुनः फर्किएपछि अक्टोबर ३१ सम्म १ हजार ७०१ देशनिकाला उडान भइसकेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com