भेगसमा उड्न लागेको विमानको पखेंटामा चढ्ने व्यक्ति पक्राउ


प्रकाशित मिति : मंसिर २८, २०७७ आईतबार

अमेरिकाको लस भेगसमा उड्न लागेको विमानको पखेंटामा चढ्ने व्यक्तिलाई पक्राउ गरेर हिराशतमा राखिएको छ । अलास्का एयरलाइन्सको विमानको पखेंटामा चढेका व्यक्तिलाई पक्राउ गर्न टोली पुग्दा ती व्यक्ति भूईमा खसेका थिए ।

त्यसपछि तलपट्टी रहेको टोलीलाई उनलाई पक्राउ गरेको थियो । १३६७ नम्बरको उक्त उडान लस भेगसबाट पोर्टल्याण्डतर्फ आउँदै गरेको थियो ।

म्याकरन एन्टरनेशनल एयरपोर्टबाट उडानका लागि उक्त विमान स्टार्ट भइसकेको थियो । त्यती नै बेला पाइलटले एकजना व्यक्ति पखेंटामा चढ्दै गरेको देखेका थिए । लस भेगस मेट्रो प्रहरीले उनलाई हिराशतमा लिएको छ ।

एकजना यात्रुले खिचेको भिडियो उक्त व्यक्ति विमानको पँखेटा बसेको र हिडेको देख्न सकिन्छ । त्यसपछि उक्त व्यक्तिले जुत्ता फुकालेर पँखेटाको माथिको भागमा चढ्न खोजेको देखिएको छ ।

प्रहरी अधिकारीहरु त्यहाँ पुगेपछि ती व्यक्ति भूईमा पछारिएका थिए । उनलाई पक्राउ गरेपछि विमान पूर्ण जाँचका लागि गेटमा फर्किएको थियो । विमान उडानमा ४ घण्टा ढिलाई भएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com