बङ्गुरपालनबाट मासिक दुई लाख आम्दानी


प्रकाशित मिति : बैशाख २३, २०७४ शनिबार

बनियानी (झापा) । स्वदेशमा आम्दानीको भरपर्दो स्रोत नभएको भन्दै विदेशी भूमिमा आफ्नो श्रम र सीप खर्चने युवाको कमी छैन । रोजगारका लागि दैनिकजसो विदेश जानेको सङ्ख्या बढ्दै गएको छ ।

विदेशमा श्रम गरेर आर्जन गरेको रकमले स्वदेशमै उद्यमी बन्ने युवा अहिले बढ्दै गएका छन् । विदेशबाट फर्किएपछि कसैले उद्योग, कसैले व्यापार त कसैले कृषिलाई आफ्नो जीविकोपार्जनको माध्यम बनाएका छन् । त्यसैबाट उनीहरु नाम र दाम कमाउन सफल भएका छन् ।

विदेशको आम्दानीलाई स्वदेशमा लगानी गरेर कमल गाउँपालिका–३ तोपगाछीका रितु भण्डारी बङ्गुरपालनको माध्यमबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ ।

विसं २०५३ मा १७ वर्षको उमेरमा रितु श्रम गर्न कतार जानुभयो । करिब २७ महिना कतारको बसाइ पछि उहाँ स्वदेश फर्किनुभयो । कतारमा सोचे अनुसारको आम्दानी नभएपछि उहाँ पुनः मलेसिया जानुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मलेसियाबाट फर्केपछि उहाँले बङ्गुरपालन व्यवसाय रोज्नुभयो । भण्डारीले रू २५ लाखको लगानीमा लक्ष्मी बङ्गुर फार्म सञ्चालन गर्नुभयो । सुरुमा उहाँले ४० वटा माउ बङ्गुर खरीद गरेर पाठापाठी उत्पादन सुरु गर्नुभयो । बङ्गुरपालनबाट छोटो समयमा मनग्य आम्दानी लिन सकिन्छ भन्ने बुझेर नै व्यवसाय थालेको उहाँको भनाइ छ ।

एक पटकमा एउटा माउ बङ्गुरले १६÷१७ वटा पाठापाठी पाउने गरेको उहाँ बताउनुहुन्छ । भण्डारीले अहिले मासिक रू चार लाख बराबरको पाठापाठी बेच्ने गर्नुभएको छ । “मासिक रु दुई लाख आम्दानी हुन्छ,” उहाँले भन्नुभयो ।

उहाँले उत्पादन गरेका पाठापाठी अहिले भारतको सिक्किम, दार्जिलिङ, खर्र्साङलगायत ठाउँका व्यापारीले खरिद गर्ने गरेका छन् । “पाठापाठी खरिद गर्न अहिले व्यापारी घरमै आउँछन्,” उहाँले भन्नुभयो ।

उहाँले फार्ममा हेमयार र ड्यूर उन्नत जातका बङ्गुरको पाठापाठी उत्पादन हुन्छ । पाठापाठी प्रतिओटा रू चार हजार सम्ममा बिक्री हुने गरेको भण्डारीले बताउनुभयो । उहाँको फार्ममा दुई जनाले रोजगारी समेत पाएका छन् । सरकारले विदेशमा आफ्नो श्रम खर्चिरहेका युवालाई स्वदेशमै काम गर्ने वातावरण बनाउनुपर्ने उहाँले जोड दिनुभयो ।

“सरकारले व्यवसाय सञ्चालन गर्न युवालाई सहुलियतमा ऋण दिनुपर्छ,” उहाँले भन्नुभयो । पहुँच हुनेले किसानको नाममा सुविधा उपभोग गरिरहेकाले सरकारले अगुमन गरी वास्तविक किसानलाई राहत दिनुपर्ने भण्डारीको भनाइ छ । भण्डारीले यस वर्ष जिल्ला पशु सेवा कार्यालयबाट ‘बङ्गुर व्यवसाय प्रबद्र्धन कार्यक्रम’अन्तर्गत रु एक लाख अनुदान पाउनुभएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com