न्युयोर्कको ब्रुकलिनमा गोली चल्यो, कम्तीमा ४ घाइते
प्रकाशित मिति : मंसिर २७, २०७७ शनिबार
न्युयोर्कको ब्रुकलिनमा गोली चलेको छ । एकजना बन्दुकधारीले गोली चलाउँदा कम्तीमा ४ जना घाइते भएका छन् ।
आज दिउसो ४ बजे गोली चलेको जनाइएको छ । घटना बार्कले सेन्टर नजिकै बोरेम हिलको वारेन स्ट्रीटमा भएको हो । घाइते चारैजनालाई अस्पताल लगिएको छ ।
उनीहरुको स्वास्थ्य अवस्थाबारे केही बताइएको छैन । घटनाको कारणबारे पनि केही खुलेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।