न्युयोर्कको ‘चिपोट्ले’मा मुसा आतंक, ४ कर्मचारीलाई टोकेपछि अनिश्चितकालका लागि बन्द


प्रकाशित मिति : मंसिर २५, २०७७ बिहीबार

चारजना कर्मचारीलाई मुसाले टोकेपछि न्युयोर्क सिटीको एउटा चिपोट्ले रेष्टुरेण्ट अनिश्चितकालका लागि बन्द गरिएको छ । वेष्ट १६९ मा रहेको उक्त रेष्टुरेण्टमा मुसाले आतंक मच्याएपछि रेष्टुरेण्ट नै बन्द गर्नुपरेको हो ।

मुसाले कम्प्युटर प्रणालीका तारहरु चपाउनेदेखि काम गर्ने कर्मचारीहरुलाई समेत टोक्ने गर्न थालेका थिए । त्यसपछि त्यहाँ दर्जनौं मुसाहरु मार्ने प्रयत्न समेत गरिएको थियो ।

अन्ततः मुसाका अगाडि हार मानेर रेष्टुरेण्ट नै बन्द गर्नुपर्ने अवस्था आएको छ । चिपोट्लेका प्रमुख कर्पोरेट अधिकारीले छिमेकमा रहेका रेष्टुरेण्टहरु बन्द हुँदा त्यहाँबाट मुसाहरु बढेको आरोप लगाएकी छिन् । ग्राहकको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखेर रेष्टुरेण्ट बन्द गरिएको उनले बताएकी छिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मुसाको समस्या केही महिना अगाडि देखि नै सुरु भएको थियो । केही एभोकाडो र चामलका झोलाहरु मुसाले टोकेको र चपाएको भेटिएपछि मुसाको समस्या सुरु भएको थाहा भएको थियो । पछिल्ला केहीदिनमा कर्मचारीहरु मुसाको आक्रमणको डरले बेसमेन्टमा नै जान छाडेका थिए ।

चिपोट्ले अमेरिकामा फैलिदै गरेको चेन रेष्टुरेण्ट हो । गत जुलाईमा यसका सीईओले अमेरिकामा चिपोट्ले रेष्टुरेण्टहरु दोब्बर बनाउने घोषणा समेत गरेका थिए ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com