नेपालमा दुर्घटनामा श्रीमानको निधनपछि ‘भेट्न आउँदैछु’ भन्दै साइप्रसमा श्रीमतीबाट आत्महत्या


प्रकाशित मिति : मंसिर २२, २०७७ सोमबार

– दिनेश गौतम

साइप्रसको लार्नाका सहरमा २३ बर्षिय एक नेपाली युवतीले आइतबार राति आत्महत्या गरेकी छिन् । दोलखा जिल्लाको गौरीशंकर गाउंपालिका वडा नम्बर ८ खरे घर भएकी हाल साइप्रसमा घरेलु कामदारको रुपमा कार्यरत २३ बर्षिया शुक्री तामाङले आत्महत्या गरेको प्रहरीलाई उधृत गर्दै गैरआवासीय नेपाली संघ साइप्रसले जनाएको छ ।

मृतक तामाङ २०१९ साल अक्टोबर महिनामा काठमाडौ ईन्टरनेशनल मेनपावरबाट साइप्रसको लार्नाका सहरमा घरेलु कामदारको रुपमा काम गर्न आएकी साइप्रसका लागि नेपालका अवैतनिक महावाणिज्यदूत डा. रामजीवन पन्जियारले जानकारी दिएका छन् । मृतक तामाङको शव उनकै परिवारको सल्लाह अनुसार स्वदेश पठाइने डा. पन्जियारले बताए ।

मृतक युवती वैवाहिक सम्बन्धमा बाधिएको एक वर्ष नपुग्दै २०१९ अगस्टमा साइप्रसमा आएकी थिइन् । श्रीमान सुबिन तामाङ नेपालमा ड्राइभरको पेशामा थिए । आइतबार श्रीमान सुबिनको बलेरो दुर्घटनामा मृत्यु भएको खबर पाएपछि सोही रातमा आत्महत्या गरेको बताइएको छ ।

मृतक युवतीले टिकटक भिडियोमा आफ्ना आमाबुबा, सासू ससुरासंग माफी माग्दै आफू पनि आफ्नो “मुटु” संगै जान लागेको उल्लेख गरेकी थिइन् । उनले टिकटकमा मृतक श्रीमानको दुर्घटनाको फोटो राख्दै भनेकी थिइन् – ‘मिस यु मुटु । म आउँदैछु । हामी भेट हुनुपर्छ है ।’

@soyatamoktam???mero mutu hami sagai hune hai ?♬ original sound – Soyata Moktam

@soyatamoktamsorry mero aama buba sasu aama sasura baba sathi vaiharu ma mero mutu sanga janxu♬ original sound – Soyata Moktam

घरेलु कामदारको रुपमा साईप्रस आएकी शुक्रीले श्रीमानको मृत्युको पीडा सहन नसकी आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ।

 

(If you are in crisis, please seek help immediately. The Tribhuvan University Teaching Hospital (TUTH) suicide hotline (9840021600) and the Patan Hospital crisis helpline for suicide prevention (9813476123) operate 24 hours. The Transcultural Psychosocial Organization (16600102005) provides helpline services between Monday to Friday from 9:30 am to 4:30 pm. BPKIHS Helpline: 9805316785, 9802331176 from 8:30 am to 5 pm everyday.)  

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com