दलाई लामाका निकट नेपाली पासपोर्टधारी अर्बपति बौद्धगुरुको कोरोनाबाट हंगेरीमा निधन
प्रकाशित मिति : मंसिर १९, २०७७ शुक्रबार

दलाई लामाका निकट नेपाली पासपोर्टधारी अर्बपति बौद्ध गुरु मास्टर कर्मा तान्पेई ग्याल्सेनको कोरोना संक्रमणबाट निधन भएको छ । हंगेरीमा कोरोनाको संक्रमणका कारण फोक्सो र मृगौलाले काम गर्न छाडेपछि उपचारका क्रममा निधन भएको जनाइएको छ ।

ग्याल्सेनको काठमाडौं जोरपाटीमा करोडौं लगानीको रोयल ह्वाइट मोनास्ट्री नामको गुम्बा रहेको छ । नेपालका बैंक खाताहरुमा पनि करोडौं रकम रहेको जनाइएको छ । हंगेरी, जर्मनी र रोमानियाको बिभिन्न बैंकमा करोडौं रकम रहेका उनको दिल्लीमा समेत एउटा होटेल र अपार्टमेन्ट रहेको छ ।
उनको शवलाई नेपाल ल्याउने प्रयास भइरहेपनि कोरोना संक्रमणका कारण निधन भएकाले सहज नभएको जनाइएको छ । उनको श्रोत नखुलेको अर्बौको सम्पत्तिबारे नेपाल सरकारले भने अहिलेसम्म केही चासो दिएको छैन ।

तिब्बेतियन मुलका ग्याल्सेनको नेपाली र हंगेरियन पासपोर्ट रहेको जनाइएको छ । साथै उनी दलाई लामाका समेत निकट सहयोगी थिए । उनको साथमा जर्मन, रोमानियन र हंगेरियन युवतीहरु फोटोग्राफर र सहायकका रुपमा यात्रा गर्दै आएका थिए ।



