जर्मनीमा तीनसातादेखि भेन्टिलेटरमा राखिएका कोरोना संक्रमित सुरज थापाको निधन


प्रकाशित मिति : मंसिर १८, २०७७ बिहीबार

कोरोना भाइरसको संक्रमणबाट जर्मनीमा एक नेपालीको मृत्यु भएको छ । विद्यार्थी भिसामा झण्डै एक दशकअघि जर्मनीको फ्यांकफर्ट आएका सुरज थापाको उपचारका क्रममा निधन भएको हो ।

जर्मनीको एक वृद्धाश्रममा काम गर्दै आएका थापा भाइरसबाट संक्रमित भएपछि घरमै उपचार गर्दै आएको जनाइएको छ । आइसोलेसनमा बस्दा बिरामी भएपछि उनलाई अस्पताल लगिएको थियो ।

सिकिस्त बिरामी भएका उनलाई अस्पतालमा भेन्टिलेटरमा राखिएको थियो । उपचारका क्रममा उनलाई तीन साता भेन्टिलेटरमा राखिएको थियो ।

स्थायी घर बुटवल  भएका उनी आफ्नै भाइसँग जर्मनीमा बस्दै आएका थिए। थापा स्थानीय नर्सिंग होममा कार्यरत रहेको जनाइएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com