कुकुरसँग खेल्दा बाइडेनको खुट्टा मर्कियो, ट्रम्पबाट स्वास्थ्यलाभको कामना


प्रकाशित मिति : मंसिर १४, २०७७ आईतबार

कुकुरसँग खेल्ने क्रममा नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनको खुट्टा मर्किएको छ । उनले अब केहीदिनसम्म खुट्टालाई सहारा दिन बुट लगाउनुपर्ने जनाइएको छ । आफ्नो कुकुर मेजरसँग खेल्ने क्रममा चिप्लिएर खुट्टा मर्किएको जनाइएको छ ।

७८ बर्षका बाइडेन शनिबार कुकुरसँग खेल्ने क्रममा चिप्लिदा गोलीगाँठोको हड्डीमा चोट लागेको हो । उनलाई आइतबार दिउसो ४ बजेतिर अर्थोपेडिक विशेषज्ञसमक्ष लगिएको थियो ।

प्रारम्भिक एक्स रेका क्रममा कुनै चोट नदेखिएपनि उनको दाहिने खुट्टा मर्किएको देखिएको थियो । पछि सीटी स्क्यान गर्दा एकदमै सानो फ्रयाक्चर देखिएको थियो ।

यसैबीच बाइडेनसँग पराजित डोनाल्ड ट्रम्पले ट्वीटरमार्फत बाइडेनको स्वास्थ्यलाभको कामना गरेका छन् । खुट्टा चेक गराउन गएको भिडियो रिट्वीट गर्दै ट्रम्पले स्वास्थ्यलाभको कामना गरेका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जो बाइडेन ४६ औं राष्ट्रपतिका रुपमा सपथ लिने अमेरिकाका सबैभन्दा बढी उमेरका अमेरिकी राष्ट्रपति हुनेछन् । बाइडेन दम्पत्तिले मेजर नामको जर्मन सेफर्ड कुकुर सन् २०१८ मा डेलावर ह्युमन एसोसिएसनबाट एडप्ट गरेका हुन् । यो कुकुर ह्वाइटमा बस्ने पहिलो आश्रय दिइएको कुकुर हुनेछ ।

बाइडेन दम्पत्तिले अर्को जर्मन सेफर्ड कुकुर च्याम्पसलाई पनि ह्वाइट हाउसमा ल्याउने भएका छन् । र उनीहरुले एउटा बिरालो पनि पाल्ने जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com