ट्रम्पकै पालाका रक्षामन्त्रीबाट ट्रम्पको नीतिको विरोध, ट्रम्प भन्छन् -‘उनलाई पहिले नै निष्काशन गर्नुपर्ने’


प्रकाशित मिति : मंसिर ९, २०७७ मंगलबार

डोनाल्ड ट्रम्पले नै नियुक्त गरेका रक्षा मन्त्री जिम म्याटिसले ट्रम्पकै विदेश नीतिको विरोधमा लेख प्रकाशित गरेका छन् । उनले जो बाइडेन राष्ट्रपति भएपछि ट्रम्पकालिन विदेशनीति उल्टाएर दशकौंदेखि रहदै आएको अमेरिकी विदेश नीति लागु गर्ने आशा व्यक्त गरेका छन् ।

बाइडेन र उनको टिमले अमेरिकाको राष्ट्रिय सुरक्षा नीति पुनरावलोकन गरेर ‘अमेरिका पहिलो’  भन्ने नीतिलाई हटाएर पुरानै नीति कायम राख्ने अपेक्षा म्याटिसले गरेका छन् । उक्त लेख म्याटिसका सहित ४ जनाले संयुक्त रुपमा लेखेका हुन् ।

डिफेन्स इन डेप्थ शीर्षकको उक्त लेख फरेनअफेयर्स डटकममा प्रकाशित छ । ‘अमेरिका पहिलो’ को नीतिले व्यवहारत ‘अमेरिका एक्लो’ भएको उनीहरुले लेखमा उल्लेख गरेका छन् । उक्त लेख प्रकाशित भइसकेपछि ट्रम्पले ट्वीटरमार्फत आक्रोश व्यक्त गरेका छन् ।

उनले ट्वीटरमा भनेका छन् -‘मैले उनलाई पहिले नै निष्काशन गर्नुपर्ने रहेछ । उनी गएपछि असाध्यै राम्रो काम गरियो । विश्वकै सबैभन्दा अहंकारी जेनेरल ।’

जिम म्याटिसलाई ट्रम्पले आफू राष्ट्रपतिमा सपथ लिएकै दिन सन् २०१७ को जनवरी २० मा रक्षामन्त्री नियुक्त गरेका थिए । त्यसको झण्डै २ बर्षपछि सन् २०१९ को जनवरी १ मा उनलाई हटाइएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com