विसकन्सिनमा गोली चल्यो, कैयन घाइते
प्रकाशित मिति : मंसिर ५, २०७७ शुक्रबार

अमेरिकाको विसकन्सिनको मिलाउकी नजिक वाउवाटोसामा गोली चलेको छ । मेफेयर सपिङ मलमा गोली चल्दा कैयन घाइते भएको जनाइएको छ । घाइतेहरुलाई मेसिज मलको ढोका हुँदै अस्पताल लगिएको छ ।
#FBIMilwaukee currently responding to support local law enforcement tactical response to Mayfair Mall shooting incident.
— FBI Milwaukee (@FBIMilwaukee) November 20, 2020
घाइतेमध्ये कसैको पनि अवस्था गम्भिर भने नरहेको जनाइएको छ । घटनापछि बन्दुकधारी भने फरार रहेको जनाइएको छ । घटना लगत्तै ७५ जनाभन्दा धेरै प्रहरी घटनास्थलमा पुगेका थिए ।
I have seen 3 ambulances leave Mayfair Mall pic.twitter.com/rjdaMLoJrn
— Stephanie Haines (@TMJ4Stephanie) November 20, 2020
घटनास्थलमा कम्तीमा १२ पटक बन्दुक पड्केको आवाज आएको जनाईएको छ । कम्तीमा ५ जना घाइतेलाई स्ट्रेचरमा राखेर बाहिर निकालिएको थियो । तीमध्ये कम्तीमा २ जना होसमै रहेको देखिएको थियो ।