कोरोना संक्रमण बढेपछि भोलि विहानदेखि न्युजर्सीमा नयाँ प्रतिबन्ध


प्रकाशित मिति : मंसिर १, २०७७ सोमबार

कोरोना संक्रमण बढेपछि भोलि विहानदेखि न्युजर्सीमा नयाँ प्रतिबन्धहरुको घोषणा गरिएको छ । भोलि विहान ६ बजेदेखि लागु हुनेगरी न्युजर्सीमा घरभित्रका भोजभतेरहरुमा १० जनाभन्दा बढी जम्मा हुन नपाइने भएको छ । यसअगाडि २५ जनासम्म जम्मा हुन पाइने नियम रहेको थियो ।

त्यस्तै घरबाहिर हुने जमघटहरुमा १५० भन्दा धेरै जम्मा हुन नपाइने भएको छ । यसअगाडि ५ सय भन्दा धेरै जम्मा हुन नपाइने नियम रहेको थियो । न्युजर्सीमा केहीदिन यता संक्रमणदर उच्च बनेपछि गभर्नर फिल मर्फीले नयाँ प्रतिबन्धको घोषणा गरेका हुन् ।

थ्यांक्सगिभिङ नजिकिदै गर्दा नयाँ प्रतिबन्धको घोषणा गरिएको हो । गभर्नर मर्फीले महामारी अझै खराब भइरहेको र अझै खराब हुने चेतावनी दिएका छन् । रेष्टुरेण्टभित्र २५ प्रतिशत क्षमतामा खानाखान सकिने नियममा भने कुनै परिवर्तन गरिएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै विवाह, दाहसंस्कार, चलचित्रभवन, प्रस्तुती, धार्मिक सेवाहरु, राजनीतिक कार्यक्रम लगायतमा कार्यक्रम स्थलको २५ प्रतिशत क्षमतामा मात्र उपस्थीत हुन सकिनेछ । अधितकत १५० भन्दा बढी भने जम्मा हुन पाइनेछैन । तर घरभित्र हुने पार्टीहरुमा भने १० जनाभन्दा धेरै जम्मा हुन पाइनेछैन ।

न्युजर्सीमा सप्ताहन्तभर थप झण्डै ९ हजारमा कोरोना संक्रमण पुष्टी भएको छ । शनिबारमात्र ४ हजार ३ सय ९५ र आइतबार ४ हजार ५ सय ४० जनामा संक्रमण पुष्टी भएको थियो । अहिले न्युजर्सीमा दैनिक ५५ हजारसम्मको परीक्षण क्षमता रहेको छ ।

कोरोनाबिरुद्धको मोडेर्ना भ्याक्सिन ९४ दशमलव ५ प्रतिशत प्रभावकारी

यसैबीच कोरोनाबिरुद्धको अमेरिकन कम्पनी मोडेर्नाले परीक्षण गरिरहेको बहुप्रतिक्षित भ्याक्सिन ९४ दशमलव ५ प्रतिशत प्रभावकारी रहेको तथ्यांक सार्वजनिक गरिएको छ । आज कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुशार मोडेर्नाको भ्याक्सिनको प्रभावकारिता निकै उत्साहजनक पाइएको छ ।

यसअगाडि अमेरिकन कम्पनी फाइजरले जर्मन कम्पनी बायो एनटेक सँग मिलेर बनाएको भ्याक्सिन ९० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको तथ्यांक सार्वजनिक भएको थियो । मोडेर्नाको यो रिपोर्टले कोरोनाको महामारीमा ग्रस्त विश्वमा कोरोनाबिरुद्ध लड्नसक्ने आशाको संचार गरेको छ ।

अमेरिकाका बरिष्ठ सरुवारोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले यो परिणाम निकै उत्साहजनक भएको बताएका छन् । मोडेर्नाका प्रमुख मेडिकल अफिसर डाक्टर ताल ज्याक्सले यो आफ्नो करिअरकै सबैभन्दा महान क्षण भएको बताएका छन् ।

डिसेम्बरको दोश्रो सातादेखि अमेरिकामा सर्वसाधारणमा भ्याक्सिन लगाउन सुरु हुनसक्ने डाक्टर फाउचीले बताएका छन् । सुरुमा अति जोखिममा रहेकाहरुलाई भ्याक्सिन दिइने र त्यसपछि सबैका लागि उपलब्ध हुने उनको भनाई छ ।

मोडेर्नाको परीक्षणमा १५ हजारलाई सलाइनको सट दिइएकोमा ९० जनामा संक्रमण देखिएको थियो भने ११ जना सिकिस्त भएका थिए । त्यस्तै अरु १५ हजारलाई वास्तविक भ्याक्सिन नै दिइएकोमा ५ जनामा सामान्य संक्रमण देखिएको थियो भने कोहीपनि सिकिस्त भएनन् ।

भ्याक्सिनको कुनै गम्भिर साइड इफेक्ट नभएको बताइएको छ । एकदम थोरैलाई सामान्य टाउको दुख्ने र शरिर दुख्ने भएको जनाइएको छ ।

मोर्डेनाले भ्याक्सिनको प्रयोगको स्वीकृतिका लागि अमेरिकन खाद्य तथा औषधी प्रशासनसमक्ष यसैमहिना आवेदन दिने भएको छ । सबै तथ्यांकहरु एकीकृत गरेपछि आवेदन दिइनेछ भने विगत दुईमहिनाको तथ्यांक हेरेर एफडीएले स्वीकृति प्रदान गर्नेछ ।

मोडेर्ना र फाइजरको भ्याक्सिन एउटै प्रविधिबाट बनाइएको भएतापनि वितरणमा मोडेर्नाको भ्याक्सिन अझ सहज हुने जनाइएको छ । फाइजरको भ्याक्सिन माइनस ७५ डिग्री सेल्सियस चिसो तापक्रममा राख्नुपर्नेछ भने मोडेर्नाको भ्याक्सिन माइनस २० डिग्री सेल्सियस चिसो तापक्रममा राख्नुपर्नेछ ।

फाइजरको भ्याक्सिन राख्नका लागि विशेष फ्रिजर आवश्यक हुने भएपनि मोडेर्नाको भ्याक्सिन अहिले नै उपलब्ध फ्रिजरहरुमा राख्न सकिने भएकाले सहज तरिकाले वितरण गर्न सकिने अपेक्षा गरिएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com