बाइडेनले चाहेमा आफू लेबर सेक्रेटरीको काम लिन तयार रहेको बर्नी स्याण्डर्सको भनाई


प्रकाशित मिति : कार्तिक २७, २०७७ बिहीबार

भर्मोन्टका सिनेटर तथा अमेरिकाका चर्चित प्रगतिशिल राजनीतिज्ञ बर्नी स्याण्डर्सले आफू बाइडेन प्रशासनमा लेबर सेक्रेटरीको काम लिन तयार रहेको बताएका छन् । जो बाइडेनले आफूलाई उक्त पद लिन सोधेको खण्डमा आफू लिन तयार उनको भनाई रहेको छ ।

बाइडेनको मन्त्रिपरिषदमा आफू जान तयार रहेको बताउँदै स्याण्डर्सले कामगर्ने परिवारका पक्षमा उभिने र उनीहरुका लागि लड्ने कुनै पद पाएमा आफूले स्वीकार्ने बताएका हुन् । अमेरिकी राष्ट्रपतिमा उम्मेदबारी दिएका स्याण्डर्स २०१६ मा हिलारीसँग प्राइमरीमा पराजित भएका थिए भने यसपटक जो बाइडेनका लागि छाडेका थिए ।

के उनले लेबर सेक्रेटरीको पदमा आँखा लगाइरहेका हुन् ? भन्ने प्रश्नमा स्याण्डर्सले भने – ‘काम गर्ने परिवारको संरक्षणका लागि म जे गर्न पनि तयार छु । चाहे सिनेटमा होस्, चाहे बाइडेन प्रशासनमा होस्, म त्यस्तो जिम्मेबारी लिन तयार छु । हेरौं, त्यो कसरी अगाडि बढ्छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाइडेनले लेबर सेक्रेटरी पदकै लागि अभियान सुरु गरेको समाचारहरु यस अगाडि पनि आएका थिए । स्याण्डर्सले युनियनका प्रमुखहरुलाई व्यक्तिगत रुपमा नै फोन सम्पर्क गरेर लेबर सेक्रेटरी पदका लागि पक्षमा उभिन आग्रह गरेको जनाइएको छ ।

यति बेलाको अन्तरिम अवस्थामा नवनिर्वाचित जो बाइडेनले आफ्ना मन्त्रिपरिषदका सदस्यहरु छनौट गर्ने र अन्य मुख्य पदका लागि कैयन व्यक्तिको विचार गरिरहेका छन् । बाइडेनले ह्वाइटहाउसको मुख्य पद चिफ अफ स्टाफमा लामोसमय देखिका बाइडेनका सहयोगी रोनाल्ड क्लेनलाई नियुक्त गर्ने भएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com