टेक्सासमा ३० बर्षका कुमार केसीको अचानक निधन


प्रकाशित मिति : कार्तिक २४, २०७७ सोमबार

टेक्सासको अस्टिन निवासी कुमार केसीको ३० बर्षको उमेरमा अचानक निधन भएको छ । बेलुका सकुशल सुतेका केसी विहान छटपटाइरहेको भेटिएपछि तत्काल अस्पताल लगिएको थियो ।

अस्पताल लगेको केहीबेरमा नै उनको निधन भएको जनाइएको छ । तर मृत्युको कारण भने अहिलेसम्म खुलेको छैन । पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको छ भने शव शेराटन अस्पतालमा राखिएको छ ।

रुकुम स्थायी घर भई पछि काठमाडौंमा बसाई सराई गरेका केसी झण्डै एकदशक अगाडि अमेरिका आएको पारिवारिक श्रोतले जनाएको छ । उनी अमेरिकामा आफ्ना भाईसँगै बस्दै आएको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com