टेक्सासमा ३० बर्षका कुमार केसीको अचानक निधन
प्रकाशित मिति : कार्तिक २४, २०७७ सोमबार

टेक्सासको अस्टिन निवासी कुमार केसीको ३० बर्षको उमेरमा अचानक निधन भएको छ । बेलुका सकुशल सुतेका केसी विहान छटपटाइरहेको भेटिएपछि तत्काल अस्पताल लगिएको थियो ।
अस्पताल लगेको केहीबेरमा नै उनको निधन भएको जनाइएको छ । तर मृत्युको कारण भने अहिलेसम्म खुलेको छैन । पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको छ भने शव शेराटन अस्पतालमा राखिएको छ ।
रुकुम स्थायी घर भई पछि काठमाडौंमा बसाई सराई गरेका केसी झण्डै एकदशक अगाडि अमेरिका आएको पारिवारिक श्रोतले जनाएको छ । उनी अमेरिकामा आफ्ना भाईसँगै बस्दै आएको जनाइएको छ ।