ट्रम्पले गरे रक्षामन्त्री बर्खास्त


प्रकाशित मिति : कार्तिक २४, २०७७ सोमबार

बहिर्गमन उन्मुख अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षामन्त्री (सेक्रेटरी अफ डिफेन्स) मार्क एस्परलाई बर्खास्त गरेका छन् । एस्परले बेलाबखतमा आन्तरिक रुपमा ट्रम्पप्रति कैयन विषयमा असहमति जनाउँदै आएका थिए ।

अब क्रिस्टोफर मिलरले कार्यवाहक पेन्टागन प्रमुखका रुपमा काम गर्ने ट्रम्पले ट्वीटमार्फत जानकारी दिएका छन् । ट्रम्पले मार्क एस्परलाई अहिलेसम्म गरेको सेवाका लागि धन्यवाद दिएका छन् ।

जनवरी २० सम्म ट्रम्पलाई के के गर्ने अधिकार छ ?

अमेरिकाको संविधान अनुशार नवनिर्वाचित राष्ट्रपतिले जनवरी २० अगाडि सपथग्रहण र पदभार ग्रहण गर्न पाउँदैनन् । त्यतीबेलासम्म पुरानै राष्ट्रपति ह्वाइटहाउसमा रहन्छन् । जो बाइडेनले चुनाव जितेपनि डोनाल्ड ट्रम्प जनवरी २० सम्म अमेरिकाको राष्ट्रपति रहनेछन् ।

जनवरी २० सम्म राष्ट्रपतिको शक्तिमा कुनै कटौती हुँदैन । त्यसैले उनले राष्ट्रपतिको हैसियतमा विगतमा जे जे गर्ने अधिकार पाएका थिए, त्यो अधिकार जनवरी २० सम्म पाउनेछन् । उनी जनवरी २० सम्म कमाण्डर इन चिफ र अमेरिकाको प्रमुख कार्यकारी रहनेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपति ट्रम्पले त्यो अवधिसम्म कार्यकारी आदेश जारी गर्नेदेखि विभिन्न खाले नियुक्ती गर्न पाउने अधिकारसम्म राख्छन् । यो अवधिमा ट्रम्पलाई खर्च विधेयक अगाडि बढाउनेदेखि संघीय अदालतहरुमा नियुक्ती गर्न पाउने सम्मको अधिकार रहेको छ । उनले यो अवधिमा विभिन्न व्यक्तिलाई क्षमादान दिनसक्ने जनाइएको छ ।

उनले आफ्ना परिवारका सदस्यहरुदेखि उनका साथमा काम गरेका अन्य व्यक्तिसम्मलाई क्षमादान दिनसक्छन् । उनले आफ्ना प्रमुख रणनीतिकार स्टीभ ब्याननदेखि व्यक्तिगत वकिल रुडी जुलियानीसम्मलाई क्षमादान दिनसक्ने अनुमान गरिएको छ । ट्रम्पले आफ्ना रेकर्डहरु नष्ट गर्ने, कैयन अधिकारीहरुलाई निस्काशन गर्ने र संघीय कर्मचारीतन्त्रलाई कमजोर पार्न प्रयास गर्ने कतिपय विज्ञहरुको अनुमान छ ।

यस्तो अवधिमा विगतका कैयन राष्ट्रपतिहरुले कैयन व्यक्तिलाई क्षमादान दिने गरेका छन् । यस्तो अवधिमा जर्ज बुस सिनियरले सोमालियामा राजनीतिक स्थीरताका लागि सेना परिचालन गर्ने निर्णय गरेका थिए । त्यस्तै उनले इराकमाथि हवाई हमला समेत गराएका थिए । उनले कैयनलाई क्षमादान समेत दिए ।

यो अवधिमा बाराक ओबामाले राष्ट्रसंघको हरित जलवायु फण्डमा ५ सय मिलियन डलर अनुदानमा हस्ताक्षर गरेका थिए । ओबामाले विभिन्न अपराधमा संलग्न वा संलग्न भएको आशंका रहेका २ सय बढीलाई क्षमादान दिएका थिए ।

बिल क्लीन्टनले आफ्ना भाई र एउटा राहत संकलन अभियानमा खटिएकी महिलाका पति लगायत १४० भन्दा धेरैलाई क्षमादान दिएका थिए । रिचर्ड निक्सनले राजिनामा दिएपछि राष्ट्रपति बनेका जेराल्ड फोर्डले निक्सनलाई ह्वाइटहाउसमा रहँदा गरेका सबै अपराधका लागि क्षमादान दिए ।

यस्तो क्षमादान अहिलेसम्म अपराधमा नमुछिएका व्यक्तिलाई समेत दिन सकिन्छ । क्षमादानपछि क्षमादानको अवधि अगाडिसम्मका अपराधका लागि उनीहरुलाई भविश्यमा समेत छुट प्राप्त हुन्छ । विगतका अपराधका कारण भविश्यमा सजाय भोग्न नपरोस् भनेर समेत क्षमादान दिइन्छ ।

क्षमादान दिन पाउने अमेरिकी राष्ट्रपति तजविज अधिकार हो । अधिकांश राष्ट्रपतिले अर्को व्यक्ति नयाँ राष्ट्रपति निर्वाचित भइसकेपछि आफू जनवरी २० सम्म ह्वाइटहाउसमा रहँदासम्म यो अधिकारको प्रयोग गर्दै आएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com