बाइडेनले सार्वजनिक गरे पदभार ग्रहणपछिका प्राथमिकता, ट्रम्पका आदेश उल्टाउनेदेखि अध्यागमन राहतसम्म


प्रकाशित मिति : कार्तिक २३, २०७७ आईतबार

अमेरिकाको नेतृत्वदायी भूमिका विश्वब्यापी रुपमा पुन कायम गर्नका लागि श्रृंखलाबद्ध कार्यकारी आदेश जारी गर्ने नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रतिवद्धता जनाएका छन् । जसले पदावधी सकिन लागेका राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरुमा परिवर्तन भई नयाँ मोड कायम हुने अपेक्षा गरिएको छ ।

बाइडेनले पहिलो प्राथमिकता भने खराब हुदै गइरहेको कोरोनाको महामारी हुनेछ । सोमबार बाइडेनले १२ सदस्यीय टास्क फोर्स गठन गर्ने जनाइएको छ । यो टास्क फोर्सले आगामी जनवरी २० मा बाइडेनले सपथ लिएपछि काम थाल्ने जनाइएको छ ।

बाइडेनले ट्रम्पका कार्यकारी आदेशहरु उल्टाएर अमेरिकालाई बराक ओबामा कार्यकालको अन्तिम चरणको अवस्थामा फर्काउने भएका छन् । त्यस्तै बाइडेनले पदभार ग्रहण गरेकै दिन पेरिस जलवायु सम्झौतामा अमेरिकाले सहभागिता जनाउनेछ । राष्ट्रपति ट्रम्पले सन् २०१७ मा यो सम्झौताबाट अलग हुने निर्णय गरेका थिए । यो जलवायु परिवर्तनबिरुद्ध लड्ने महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्झौता हो ।

मुस्लिम बाहुल्य देशहरुलाई ट्रम्पले लगाएको यात्रा प्रतिबन्ध बाइडेनले खारेज गर्नेछन् । साथै बाल्यकालमा अमेरिकामा आएका कागजपत्रविहिनलाई संरक्षण प्रदान गर्ने डाका कार्यक्रमको पुनस्थापना गर्ने भएका छन् ।

बाइडेनले सरकारको सुधारको दिशामा विभिन्न कदमहरु चाल्ने प्रतिबद्धता समेत जनाएको छ । प्रणालीगत विभेदलाई सम्बोधन गर्नेदेखि आर्थिक सुधारका कामहरु सम्म गर्ने बाइडेनले प्रतिवद्धता जनाएका छन् ।

बाइडेनले राष्ट्रब्यापी रुपमा मास्क अनिवार्य गर्ने कामलाई समेत प्राथमिकतामा राखेका छन् । अमेरिकामा कोरोनाको महामारीका कारण झण्डै साढे २ लाखको मृत्यु भइसकेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com